logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    ग्रामिण उद्यम महिला सहकारीको २२औँ साधारण सभा


    ३० चैत्र २०७९ , बिहिबार

    ग्रामिण उद्यम महिला सहकारीको २२औँ साधारण सभा

    पशुपति यादव
    रोहिणी,  चैत । रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका वडा नम्बर ३ मा संचालित ग्रामिण उद्यम ्िमहिला सहकारीले २२औँ साधारण सभा सम्पन्न गरेको छ ।
    ग्रामिण उद्यम महिला सहकारीले २२औँ साधारण सभा कार्यक्रम रोहिणी गाउँपालिका सहकारी शाखा प्रमुख लिला कुमारी गुरुङ्गको प्रमुख अतिथ्यतामा संचालन गरिएको थियो । रोहिणी गाउँपालिका सहकारी शाखा प्रमुख गुरुङ्गले कार्यक्रमलाई संम्वोधन गर्दै भनिन सहकारीको मुल मर्म संचालकहरुको धर्म सहकारीको नारालाई आत्मसाथ गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो । गाउँ गाउँमा सहकारी र घरघरमा भकारी एक परिवारमा एक जनालाई रोजगारीको सृजना गर्न सहकारीहरुको जिम्मेवारी थापिएको सहकारी शाखा प्रमुख गुरुङ्गको भनाई रहेको थियो ।


    कार्यक्रममा वार्षिक प्रतिवेदन संस्थाका व्यवस्थापक सुरेश थापाले प्रस्तुत गरेका थिए । लेखा शाखाका संयोजक समसुद्दोह रहमानीले आय व्यायका विवरण पेश गरेका थिए ।
    कार्यक्रम संस्थाका उपाध्यक्ष गोमति चौधरीले स्वागत गरेकी थिइन भने पदम खत्रीको अध्यक्षतामा र सुरेश थापाको संचालनमा साधारणसभाा सम्पन्न भएको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.