अन्जना चौहान
लुम्बिनी, ५ बैशाख । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर १० महिलवार चोकमा रहेको एन आई सी एसिया बैकको शाखामा ताला बन्दी गरेका छन् ।

रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर १० महिलवार चौकमा रहेकको एनआईसी एशिया बैंकले ज्याजती गरेको भन्दै सेवाग्राहीले तालाबन्दी गरेका छन् । बैंकले ज्यादती गर्दै करोडौंको सम्पत्ति हडप्नेगरी नियतबस सेवाग्राहीको जग्गालाई लिलामी प्रक्रियामा लगेको भन्दै आइतबार तालाबन्दी गरिएको हो ।

स्थानीय होटल व्यवसायी तथा बैंकका सेवा ग्राही उमाशंकर मिश्राको होटल आकाश ईन्टरनेशनलको भवन र पार्किङ रहेको करिब ४६ धुर तथा घर रहेको २० धुर जग्गा समयमा किस्ता नतिरेको भन्दै बैंकले लिलामी प्रक्रियामा लगेको छ । १५ करोड बढी मुल्य पर्ने जग्गा धितो लाखेर ४ करोड ऋण निकालेका मिश्राले २०७९ असोज मसान्तदेखि किस्ता नतिरेपछि बैंकले लिलामी प्रक्रियामा अगाडि बढाएको बताए ।

बैकले १० लाख तिर्नु भने पछि केही समयका लागिका लिलामी प्रकिया रोकीन्छ भन्दै बैंकले अस्वासन दिई मलाई झुक्याएको मिश्राको भनाई छ ।
तालाबन्दी पछि प्रशासनमा समास्य समाधानकालागि इलाका प्रहरी लुम्बिनी , नगारिक समाज , सिर्द्धाथ संघ होटलको लुम्बिनी संघ होटल सयुक्त बसेको बैठक भोलि सोमबार छलफल हुने भनी सहमति बैंकको ताला खोलियो ।