लुम्बिनीखबर
झब्बर यादव, भैरहवा⁄असलम खान, मर्चवार⁄ इरसाद अहमद खान, बेलहिया
सिद्धार्थनगर, १० बैशाख । रमजान महिना सकिएको खुसीयालीमा मुस्लिम समुदायले शुभकामना आदान प्रदान गरी इदुलफित्र (ईद) मनाएका छन् । महिनाभर रोजा बसेका इस्लाम धर्मावलम्बीहरुले ईद मनाउँछन् । इद पर्वमा भगवानका नाममा विशेस नमाज गर्ने इस्लाम परम्परा छ । ईदका दिन इस्लाम समुदायको मुख्य धार्मिक ग्रन्थ कुरान मोल्वीले वाचन गरेर सदविचार र सत्कर्मका लागि प्रेरित गर्दछन् । यो पर्वमा नयाँ लुगा लगाउने, सेवइ, खिर र मिष्ठान खाने—खुवाउने प्रचलन रहेको छ । यो पर्वमा मस्जिदमा पुरुषहरु भेलाभएर सामूहिक नमाज पढ्ने र गरिब तथा असहायका लागि जकात अर्थात आफ्नो कमाईको केहि प्रतिशत रकम कोषमा दिने प्रचलन रहेको मुस्लिम धर्मावलम्बीहरु बताउँछन् । इस्लाम धर्मावलम्बीहरुको महान पर्व मध्ये ईद मुख्य पर्व हो । ईद आउनु भन्दा ३० दिन अगावै देखि इस्लाम धर्मका मानिसहरु रमजान(रोजा) ब्रत वस्न सुरु गरेको देखिन्छ । रमजान महिनाको आरम्भ जस्तै ईदको आरम्भ पनि नयाँ चन्द्रमा उदयको पहिलो दिन दर्शन बाट हुने ईस्लाम धर्मका जानकारहरु बताउँछन् । नेपाल भारत लगायतका अन्य विभिन्न मुलुकका इस्लाम धर्मावलम्बीहरु मार्च २३ बिहिबार तरविह भई २४ तारिख शुक्रवार देखि रोजा (ब्रत) बस्दै ३० दिन सम्म लगातार ब्रत बसी अप्रिल २१ शुक्रबार रातिमा चाँद (चन्द्रमा) लाई दर्शन अप्रिल २२ शनिबार ईद उल–फित्र मनाई रहेका छन् । विश्वको हरेक क्षेत्रमा बसोबास गरेका इस्लाम धर्मका समुदायले यस दिन परम्परादेखि इस्लाम धर्म संग सम्बन्धीत धर्म ग्रन्थ कुुरानका मन्त्रवाचन मौलानका साथसाथै उक्त धर्मका मानिसहरु एकै ठाउँमा उपस्थित भई नमाज पढी शुभकामना आदान प्रदान गर्ने गरेको मौलाना क्रषिगर अलीले बताएका छन् ।
कतार, साउदी, अरब जस्ता देशहरुमा भु–बनोटले गर्दा एक दिन पहिला नै मनाएको इस्लाम समुदायका स्रोतहरुको भनाई रहेको छ । भु–बनोटका कारण अलग अलग दिनमा चाँद(चन्द्रमा)को दर्शन भएको हुदाँ एकै दिन सबै ठाउँमा ईद नपरेको इस्लाम धर्मका जानकारहरु ताहिर अलि हजिसावले बताउँछ । नेपाल भारतमा बैशाख ८ गते शुक्रवार चाँद(चन्द्रमा) को दर्शन भएको हुदाँ शनिवार ९ गते ईद उल–फित्र मनाइरहेको इस्लाम धर्मावालम्बीहरुहरुले बताउँछन् ।
रुपन्देहीको मर्चवारमा मुस्लिम धर्मावलम्बीहरुले आज ईद मनाउँदै रमजान महिना सकिएको खुसीयालीमा मुस्लिम समुदायले एक अर्कामा शुभकामना आदान प्रदान गरी आज इदुलफित्र (ईद) मनाउँदैछन । हिजरी संवतको रमजान महिनाभर रोजा (व्रत) बसेका इस्लाम धर्मावलम्बी सौव्वाल महिनाको पहिलो तारिखमा ईद मनाउँछन । ईद पर्वमा मुस्लिमहरुले नुहाई नयाँ लुगा लाएर अल्लाहका नाममा विशेष नमाज पढ्ने इस्लाम परम्परा रहेको मौलाना अब्दुल अजिमले बताएका छन ।
ईदका दिन इस्लाम समुदायको मुख्य धार्मिक ग्रन्थ कुरान मौलाना वा इस्लाम धर्मका धर्मगुरुले वाचन गरेर सदविचार र सत्यकर्ममा रहन प्रेरित गर्छन । धार्मिक परम्परामा यो मुख्य पर्व भएको हुँदा नयाँ लुगा लगाउने, सेमई, खिर र मिष्ठान्नका परिकारहरु खाने र एक अर्कालाई खुवाउने चलन छ । यस पर्वमा बस्ती भित्रको ईद गाहमा सबै मुस्लिम धर्मावलम्बीहरु भेला भएर सामूहिक नमाज पढ्ने परम्परा रहेको मौलाना अजिमले जानकारी दिएका छन् । ईदमा इस्लाम धर्मावलम्बीले गरिब र असहायका लागि ‘जकात’ अर्थात आफ्नो कमाइको २.५ प्रतिशत रकम कोषमा दिने परम्परा पनि रहेको मौलाना वसिम अहमद सल्फीले बताएका छन् । प्रत्येक बस्तीमा रहेको मस्जिद व्यवस्थापनले यो कोष सञ्चालन गर्ने गरेको इस्लाम धर्मावलम्बी बताउँछन । फरक–फरक भूगोल विशेषमा ईदको दिन विगत देखि नै फरक पर्दै आएको छ । तोकिएका क्षेत्रका मुख्य मौलाना वा इस्लाम धर्मवालम्बीका धर्मगुरुले चन्द्रमा देखिएको घोषणा गरेर भोलिपल्ट ईद मनाउन आह्वान गरेपछि पर्व मनाइने गरिन्छ ।
त्यसै गरी रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर १ बेनिपुरको मदरसा ईस्लामिया कादरिया अहले सुन्नत फैजुल ओलुम विद्यालयमा एक दिन पहिला देखि ईदको विशेष तयारी गरेको देखिन्छ । उक्त दिन मदरसामा स्थानीय इस्लाम धर्माावलम्बीहरु नयाँ लुगा लगाएर गुलिया खानेकुरा मिठाई खाइन्छ र तकविर भनिने एउटा छोटो प्राथना गरिन्छ मदरसाका मौलाना अकबर खानले बताएका छन् । ईदको प्राथना भन्दा पहिला मुस्लिमहरुले जकात अल–फित्र पनि भनिने अनिवार्य दान गर्नु पर्दछ । आफूभन्दा कम उमेर भएका सदस्याहरुलाई पैसा पनि दिने चलन रहेको मौलाना खानले बताएका छन् । आजको दिने विशेष मुस्लिम समुदायले घरघरमा गएर ईद गाहमा तहरीफ ल्याउन सबै हजरातलाई ईद मुबारकको शुभकामना आदान प्रदान र सबैको घरमा गुलिया मिठाई खाने गरेको बताएका छन् । मुस्लिम समुदायले मनाउने इदुलफित्र भनेको इदुलको अर्थ खुसीयाली र फित्रको अर्थ जोसका साथ शुभकामना साटासाट गर्ने भन्ने हो । त्यसैले यो पर्वले मुस्लिम धर्म मात्र नभएर सवै नेपालीमा आगामी दिन खुसीयाली बन्नुपर्ने मुस्लिम धर्मालवम्बी मेराज खान बताउँछन् ।