उदयराम पौडेल
नेपालको राजनीतिक वृत तथा स्थितिबादीहरुको चङ्गुलमा त्यसरी नै फसेको छ । जसरी मछुवारको ढाकामा माछा फसेको हुन्छ । नेपालमा बौद्धिक वर्गको पनि कमि छैन । तर उ पनि संगठित छैन । विभिन्नतामा बाडिएको छ । त्यस्तै बचे कुचेको युवा शक्ति पनि केही मात्रामा छ । तर ऊ पनि विभिन्न दलहरुको पुच्छर समाएर बैतर्नि नदी पार गर्न खोज्दै छ । चाहे जुनसुकै पार्टीमा भए पनि देशको अवस्था, परिस्थिति र जनभावना तथा समयानुकुल संगठित भएर आवाज दिन सकिरहेको छैन् । जसले गर्दा यथास्थितिवादीहरु विकल्पको रेखा कोर्न सकेको देखिदैन् । त्यसैले नीतिगत भ्रष्टाचारीहरुको मनोबल बढ्दै गएको यथार्थ हो । जब देश हाक्ने राजनीतिक दलहरु नै भ्रष्ट छन भने उसैवाट संचालित संयन्त्रहरु शुद्ध हुने प्रश्नै हुदैन । जब मुल नै धमिलो भए पछि शाखा नदी नाला स्वच्छ हुने सम्भव नै देखिदैन् । विद्यमान हाम्रो कानुनहरु छन् । तिनको आधारमा कोही पनि भ्रष्टचारी ठहरी छैन् । किन हाम्रा कानुहरुको दोष छैन, दोष चरित्रका प्वालैप्वालले भरिएका छन जसले जता अर्थ लगाए पनि हुने खालका छन् । कारण जसलाई जुन कामको जिम्मेवारी दिएको छ, त्यसले समयमा त्यो काम गर्दैन् । त्यस्तालाई तुरुन्तै हटाई दिन पर्दछ । जब सम्म कानुन शासन हुदैन् तब सम्म भ्रष्टाचार हट्दैन् ।
कुनै पनि राजनीतिक दलहरुमा असलगुण भएका व्यक्तिहरु र ईमानदार व्यक्तिहरु पनि छन् । तर तिनले नेताको चाकरी गर्दैनन्, त्यसैले नेतृत्व गर्ने व्यक्तिले तिनीहरुलाई मौका दिदैनन् र आफनो चाकरी गर्नेलाई मात्र अगाडि बढाउँछ । सबै राजनीतिक दलहरुमा यस प्रकारको रोग झङ्गिदै गएको अनुभव सिद्ध छ । जस्तै स्वर्णिम वाग्लेलाई नेपाली काग्रेसले र भिम रावललाई एमालेले पचाउन नसकेको दृष्टान्त हेरे पुग्छ । हुन त क्षमता भएका व्यक्तिहरुले केही धैर्य संयमवर्तन सक्नु पर्ने हो तर त्यस्तो देखिदैन् । सधैँभर आफै मात्र हुनु पर्छ भन्ने भावना नै गलत हो । यो कलियुग हो मानिसको बुद्धि विवेक भन्दा घमण्डरुपी दम्म अग्रसर भएको छ । स्वर्णिम वाग्लेजीको जुन प्रकारको मानमर्यादा सम्मान नेपाली काग्रेसमा थियो । त्यस प्रकारको चुनाव जितेर आएपनि हुदँैन् । किनभने नेपाली काग्रेस भनेको समुद्र हो । राष्ट्रिय स्वतन्त्र पार्टी भनेको खहरे भलपानी हो । त्यस्तै एमाले पार्टी पनि ईतिहास बोकेको पार्टी हो । भिम रावलले एमाले छोडेर अहिलेको सम्मान पाउन सक्दैनन् । उनको पनि अह्ंकारको गर्जन ठूलो छ । म सबै भन्दा जान्ने सुन्ने छु भन्ने दम्मले उनलाई खादैछ । नेपालीमा एउटा धत्तलाग्दो उखान छ हिङ्ग सकिए पनि हिङ्ग बाधेको टोला पनि चलन चल्ति छ । पुराना ठूला पार्टीहरुमा योगदान गरेका व्यवहारिक र इमानदार कार्यकर्ताहरु छन् ।
एमाले पार्टीको संगठनात्मक कार्यकर्ताहरु राम्रा छन् । तर नेताहरु भने झुठैको दाउँपेचमा मस्त छन् । जनताले एमालेलाई बहुमत दिएर काम गर्न भनेका थिए तर ओली जीको घमण्ड उत्ताउलो रुपमा पोखियो । देशको आवश्यकता रोजगार र कृषिमा आत्मनिर्भर गराउने व्यवहारिकतालाई विर्सेर रेल दौडाउने र पानी जहाज कुदाउने अव्यवहारिक तर्फ गर्न पुग्यो । घाटी हेरेर हाड निल्ने तर्फ लागेनन् । अन्तरद्वन्द मचाए, भ्रष्टाचारलाई बढावा दिए । जस्तै गोकर्ण टसको जग्गा काण्ड , प्रेस खरिद काण्ड, औषधी खरिद काण्ड, पोषक खरिद काण्ड, चियापान काण्ड, जहाज खरिद काण्डमा अर्थ समितिले छानविन गरी ४ अर्व ३५ करोडको घोटाला काण्ड र गिरीबन्धु टी स्टेटको ३४४ विगहा जमिन काण्ड आदि छन् । अख्तियारलाई छानविन गर्न नपठाई आफैले भ्रष्टाचार भएको छैन् भनेर दवाए । यदि उनको छवि स्वच्छ भएको भए, अरुले गरेको भ्रष्टाचार किन आफ्नो टाउकोमा बोक्नु प¥यो, बुझि नसक्नु रहस्य छ । स्टिेस्टको जग्गा काण्ड कोशी प्रान्तिय सभामा इन्द्र भाङ्वाले उठाई रहेका छन् । हदवन्दि भित्रको जग्गा हो । त्यो सरकारको सम्पत्ति विचौलियालाई दिन भनेको ठूलो अपराध हो । जुन चोर उसको ठूलो श्रर भन्ने उक्ति चरितार्थ भएको छ । ‘द्रव्येसु सर्वेवसा’ घोप्टिएका छन् । लाज शर्म मानेनं, आफ्नो कर्तव्य पनि सम्झेनन् ।
नेपालमा जति पनि राजनीतिक दलहरु छन् ती सबै दलिय रुपी भाडो चुहने प्वाल परेको छ । जति पानी हाले पनि अडिदैन् । न त शिर, न त पुच्छर, न त सिद्धान्त, न त व्यवहार । त्यसैले यो राजनीति नै हैन केवल लुटतन्त्र हो । सिद्धान्तहिन स्वेच्छाचारी प्रवृति हो । राजनीति वि.पि कोइराला र कृष्ण प्रसाद भट्टराई र गणेशमानले गर्न खोजेका थिए । तर राजा महेन्द्रलाई पचेन । जुन दिन अग्रवालका गिरिजावाबुको हातमा सत्ता पुग्यो । त्यसै दिन देखि राजनीतिक वृतमा धमिलो मैल पस्यो एक तर्फ भने अर्को तर्फ आफनो प्रचण्ड बहुमत हुदाँ हुदैँ मध्यावधिक चुनावमा लगेर देशलाई अस्थिरताको भुमरिमा गिरिजाबाबुले फसाई दिए । जसले गर्दा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा विदेशीहरुको हस्ताक्षेप बढ्दै गयो । विदेशी कै आड भरोसामा माओवादीले देशमा जनयुद्धको नाउँमा तान्डव नृत्य चलाए । जनधनको ठूलो क्षति भयो । आफै धामी आफै वाक्सीको भुमिका निभायो भारतले । तर पनि चेतेनन् नेपालका राजनेता हुँ भन्नेहरुले । अहिले पनि कसैको गोटीको रुपमा खेलहरु भैरहेका छन् । ८० प्रतिशत हिन्दु भएको भारतमा हिन्दु राज्यको आवाज छैन । तर नेपालमा हिन्दु राज्य हुनु पर्दछ भन्दै ओकालत गर्दै छन् । उत्तर प्रदेशको मुख्यमन्त्री आदित्य नारायणले भाषण गरिरहेका छन् । यो के हो ? नेपाल प्रतिको माया सद्भााव हो कि हस्ताक्षेप रहस्यमय बन्दै गएको छ ।
वर्तमान सम्म आई पुग्दा देशको र जनताको बेहाल हुदैछ । यही कमजोडी द्वारा फैदा लिन तस्कर विचौलियाहरु र भ्रष्टहरुले देशलाई भ्रष्टमय बनाएका छन् । अनेकौँ घटना क्रमहरु देश र जनताले भोग्नु परेको छ । मिटर व्याजि बैंक वित्तिय संस्थाहरु पनि देश र जनतालाई शोषण गर्ने तर्फ अग्रसर भएका छन् । आवश्यक खर्च कटौति गर्नु भन्दा व्याजदर बढाएर आफनो उल्लु सिधा गर्ने तर्फ उन्मुख भएका छन् बैंकहरु । निम्न स्तरको जीवन धान्न पनि मुस्किल भएको छ जनतालाई । आफनो आम्दनीले खर्च धान्न सकेको छैन देशले । पूरै अर्थतन्त्र डमाडोल भएको परिपेक्षमा हेर्दा सरकारले अनावश्यक खर्च घटाउने तर्फ भन्दा सुविधा बढाउने तर्फ लगिपरेको देखिन्छ । आज देश समाजिक, आर्थिक र राजनीति दृष्टिले कमजोर अवस्थाबाट गुज्रिरहेको छ । यस प्रकारको अवस्थामा सबै राजनीतिक दलहरु आपसमा मिलेर देशलाई माया प्रदान गर्नु पर्ने वेलामा उल्टै अन्तरद्वन्द भनाभन एक अर्कोमा दोषोरोपण गर्दै हिड्नु निश्चय नै जिम्मेवारीको बोध नगर्नु नै हो । यस प्रकारको कर्मले दलप्रति जनभावना अरु निराश भएर जान्छ र दुर्गा पसाई जस्तालाई बलपुग्न सक्दछ । यदि राजनीतिक दलहरु आपसमै टक्राइ रहने हो भने बाहिरी र भित्रि तत्वहरु अरु सक्रिय हुदै जाने छन् र दलहरुको स्थिति नाजुक बन्दै जानेछ । समयले कसैलाई पर्खिदैन ।
जताततै विरोध विरोधका स्वरहरु गुञ्जिन थालेका छन् । वास्तवमा जनयुद्धले जन्माएका विकृतिहरुले जुरमुराउन थालेका हुन् । विना सोचे सम्झे सबै जातलाई राज्य वाड्दै हिडे आज आएर यही कुरा उनैलाई छाडो भएको छ । आज भित्रि र वाहिरी अनेक तत्वहरु अनेकौ विषयबस्तु जस्तै जातजाति, धर्म, हिन्दु राष्ट्र र गणतन्त्र खारेज , राजसंस्था स्थिापित आदि नाराहरु घन्किदै छन् । यस प्रकारको गतिविधि कसैको आडमा भईरहेको छ । राजनीतिक दलहरु सबै भ्रष्ट छन् । भन्दै उम्ला उडएका छन् । हुन त हो भ्रष्टाचार अति नै भयो । संस्थागत भ्रष्टाचारले जरा गाडेको छ । जनप्रतिनिधि स्रंस्था, नगर, गाउँपालिकाहरुमा पनि भ्रष्टाचार मौलाउदै गएको छ । अख्तियारबाट पक्राउ भए पनि पैसा खर्च गरेर उनै भ्रष्टको जीत हुन्छ । कानुन नै भ्रष्टाचारीलाई सजाय गर्न उपयुक्त छैनन् । दोय चरित्र भएका फितला छन् । सबै कार्यालयहरुमा विचौलियाहरुको हात छ । सरकार र जनप्रतिनिधिहरु भुक्दैछन् । तर भ्रष्टहरु भने सुरक्षित भएको अनुभव गर्दै छ । किनभने कानुनले प्रमाण खोज्छ , भ्रष्टाचारीले भ्रष्टाचार गरेको प्रमाण गायब गर्दछ । त्यसकारण लेनदेन गर्दा कसैले लिखित गरेको हुदैनन् । भ्रष्टाचारीको हाउभाउ व्यवहार र नैतिक आचरणलाई पनि प्रमाण भन्ने कानुन निर्माण गर्नु पर्दछ ।
कुनै पनि राजनीति गर्ने दलप्रति यति ठूलो जनआक्रोष देखिनु निश्चय नै दलहरुको असफता हो । जनजीवनले ७३ वर्ष सम्म संयम धारण ग¥यो तर भ्रष्टाचारलाई न्यूनिकरण गर्न सकेन् । जनतालाई परेको पीर मर्का कसैले बुझेन्, झनझन भ्रष्टाचार बढ्दै गयो । सही नसक्नु भए पछि जनताले अनेकौँ माध्यमकाट आक्रोष पोख्न थाले । केही नयाँ राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टी राप्रपामा केही नयाँ युवाहरु प्रवेश गरेका छन् । र भ्रष्टाचार खतम गर्ने नाराकै भरमा जनताले साथ दिएका छन् । हाँसको माझमा बकुल्ला भन्ने उक्ति जस्तै हो केही गर्न सक्ने अवस्था र परिस्थिति निर्माण गर्न सक्ने अवस्था छैन् । केवल नारा दिने मात्र हो । सौताको रिसले पोइको काखमा भ्रुम्रो खनाउने उक्ति जस्तै हो । किनभने एक त तिनीहरुको स्वारुप बलियो छैन् । अर्को तर्फ हाम्रो कानुनी नियम ठोस छैन् । अनेक छिद्रहरुले भरिएका छन् । तेस्रो पक्ष सम्पूर्ण संयन्त्रमा खिया लागेको छ । एउटा उदाहरण हेरौँ अख्तियारले आफै फिल्डमा गएर एक एक हिसाब किताब गरेर दुई करोड भ्रष्ट गरेको भनेर केही व्यक्तिहरुलाई कारवाही गर्न विशेष अदालतमा पेश ग¥यो । तर अदालतले भ्रष्टाचार भएको देखिदैन् भनेर सफाई दियो । अब भन्नु होस त्यो अख्तियार आफै विचरो बन्यो । दुई बर्ष लगाएर गरेको अनुसन्धान खेर गयो एक तर्फ भने अर्को तर्फ काम विग्र्यौ , रकम र समय बरबाद भयो ।
अन्तयमा हाम्रो राजनीतिले अपनत्व संस्कार, संस्कृति, भौगोलिक अवस्था र व्यवहारवादी दृष्टि नै ग्रहण गर्न सकेन । अरुकै नक्कल गर्दै देशको वास्तविकता भन्दा वाहिर गयो । देशलाई आत्मनिर्भरता तर्फ डो¥याउन कुनै पनि राजनीतिक दलहरुले सकेनन् । आफै आफै भ्रष्टाचारमा डुवेर जनता ठग्ने काम मात्र गरे । अब यी राजनीतिक दलहरु सुध्रिएर देशको विकास र समृद्धि गर्न सक्ने क्षमता जनविश्वास गुमाउदै गएकोले अर्को विकल्प खोज्दैछन् जनताले । सामाजिक राजनीतिका साथ आर्थिक क्रान्ति गर्न दलहरु विफल भए । लोकतन्त्र भन्दै धेरै भुके तर दिन प्रतिदिन स्वर सुक्दै गयो र जनताको पेट खाली हुदैं गयो । भोकको ज्वाला दम्किदैछ । हरिओम तत्सत ।