logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    तिलोत्तमामा हाइवे फ्रि वाईफाई कार्यक्रम सुरु


    १४ बैशाख २०८० , बिहिबार

    तिलोत्तमामा हाइवे फ्रि वाईफाई कार्यक्रम सुरु

    सुरज ज्ञवाली
    सिद्धार्थनगर, १४ बैशाख । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा हाईवे फ्रि वाईफाई कार्यक्रम बैशाख ११ गते सोमवारबाट सुरु भएको छ ।
    तिलोत्तमा नगरपालिका भित्रको हाइवे सडकमा फ्रि वाईफाई जडान गरिएको छ । तिलोत्तमा नगरपालिकाले सिद्धार्थ राजमार्गमा निःशुल्क वाईफाई उपलब्ध गराएको छ । नगरपालिकाले कार्यालयको गतिविधिबारे जनतालाई जानकारी दिने उद्देश्यले सोमबार देखि यो सेवा सुरु गरेको हो ।


    नगरपालिकाको हाइवे सडकमा जडान गरिएका वाईफाई कनेक्ट गर्दा प्रयोगकर्ताले विभिन्न किसिमका विज्ञापन देखे पछि मात्र उक्त नगरपालिकाको वाईफाई नेटवर्क अरु कामका लागि प्रयोग गर्न पाइने प्रणाली रहेको छ । वाईफाई कनेक्ट गरेपछि पालिकाका विभिन्न सामग्री समावेश गरिएको विज्ञापन देखिने गरि बनाइएको छ ।


    वाईफाई निःशुल्क जडान गर्नुको मुख्य उद्देश्य अहिलेको आधुनिक युगमा सबै सूचना तथा सन्देशहरु सबैको पहुँच पु¥याउनका लागि हाईवे फ्रि वाईफाई कार्यक्रम आएको हो ।
    नगरपालिकाले आफ्नै पूर्वाधार मार्फत इन्टरनेट उपलब्ध गराउन सुरु गरेको छ । जसरी मोबाइलमा राखिएको सिमले आफ्नो नजिकको टावरसँग जोडिएको हुन्छ, त्यसरी नै वाईफाईको नेटवर्कका विभिन्न उपकरणहरूसँग जोडिएर सम्पूर्ण प्रणाली नगरपालिकाको कार्यालयबाट नियन्त्रित हुने गरी हाइवे फ्रि वाईफाई जडान गरिएको हो ।


    नगरपालिकाले जडान गरेको वाईफाई इन्टरनेटको माध्यमबाट टिकटक नचल्ने गरी बनाइएको छ ।
    नगरपालिकाले जडान गरेको वाईफाईको मुख्य लक्ष्य भनेको जनतालाई सूचना दिने अभियानका साथ हाइवे फ्रि वाईफाई सूचना राजमार्गका रूपमा अगाडि बढाइएको अभियान हो । सूचनाका लागि टिकटक त्यति भरपर्दाे माध्यम होइन । त्यसैले नगरपालिकाले टिकटक नचल्ने गरी रहेको सरोकारवाले बताएका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.