logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    एक बर्ष बितिसक्यो ‘जनता आवास’ उपभोक्ताको बास छिमेकीको घर


    १५ बैशाख २०८० , शुक्रबार

    एक बर्ष बितिसक्यो ‘जनता आवास’ उपभोक्ताको बास छिमेकीको घर

    शहबाज खान
    कृष्णनगर, १५ बैशाख । जनता आवास निर्माणमा ढिलासुस्ती भएपछि उपभोक्ताहरुलाई समस्या भएको छ ।
    समयमै जनताको आवास निर्माण नभएपछि उनीहरुले त्रिपाल मुनि बस्न बाध्य भएका छन । प्रदेश सरकारको कार्यक्रम अन्तर्गत गरिब घरपरिवारका लागि जनता आवास कार्यक्रम माफर्त पक्की घर निर्माण गर्दै आएको छ ।
    कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नम्बर १ छिटौनी गाउँमा जनता आवास निर्माणमा ढिलाइ भएको पाइएको छ । गत आर्थिक वर्षमा जनता आवास कार्यक्रम अन्तर्गत भवन निर्माण कार्य सुरु भए पनि हालसम्म पूर्ण निर्माण कार्य सम्पन्न भएको देखिदैन । पक्की घर निर्माण कार्य समयमा सम्पन्न नभएपछि लामो समय देखि घासफुसको छाप्रो र त्रिपाल मुनि बस्न बाध्य भएको उपभोक्ताले गुनासो गरेका छन् ।


    जनता आवास उपभोक्ता सत्त्तन पासी अनुसार भवन निर्माण कार्य पहिलो चरण देखि विजय पाण्डेले गरि रहेको बताए । उनले एक वर्ष बितिसक्दा पनि हालसम्म भवन पुर्ण रुपले निर्माण नभएको बताएका छन् । घर निर्माण कार्यमा ढिलासुस्तीले हामी घरबिहीन भएको भन्दै दुःख समेत पोखेका थिए । उनले भने “हामी घर बिहीन भएका छाँै । कसले बुझ्ने हो हाम्रो दुःख ? हावाहुरी पानी पर्दा आफ्नो बालबच्चा र खाने, पिउने सामान लिएर छिमेकीहरुको घरमा बस्नु पर्ने स्थिति रहेको छ ।”


    उनले विजय पाण्डेलाई पटक–पटक भवन निर्माण कार्य सम्पन्न गर्नको लागि अनुरोध गरे पनि नसुनेको जस्तोआलटाल गरेको बताएका छन । उनले बैंक खाताको चेकबुक विजय पाण्डेले आफै राखेको आरोप समेत लगाएका हुन । बैँकबाट पैसा निकाल्ने बेलामा इन्जिनियर र विजय पाण्डे आएपछि चेक र अन्य कागजहरुमा हस्ताक्षर गराएर पैसा निकाल्ने गरेको उनले बताएका छन ।
    गत आर्थिक वर्षमा भवन निर्माण कार्य सुरु गरि हालसम्म दुई चरणको मात्रै भवन निर्माण कार्य सम्पन्न भएको सब–ओभरसेयर गोपाल क्षेत्रीले बताएका छन । गत आर्थिक वर्षको भवन निर्माण कार्य हाल सम्म बाँकी नहुनु पर्ने तर उपभोक्ताहरुको ढिला सुस्तीको कारणले निर्माण कार्य सम्पन्न हुन नसकेको बताए छन् । क्षेत्रीले भने छिटै निर्माण कार्य सम्पन्न गरि भुक्तानी गर्नका लागि पटक–पटक जानकारी गराउँदै आएको बताएका छन् ।


    जनता आवासको भुक्तानी उपभोक्ताको (सम्बन्धित व्यक्ति) को बैंक खातामा जान्छ । चार चरणमा काम गरे वापत चार चरणमा भुक्तानी पनि हुने गर्छ । कृष्णनगर क्षेत्रमा गत आर्थिक वर्षमा निर्माण कार्य सुरु भएको भवन मध्ये १० वटा भवन अधुरो रहेको उक्त कार्यालयका सुपरभाइजर जनार्दनले बताए छन् । गत वर्षको निर्माणधिन रहेको जनता आवासलाई छिटै तयार गर्र्न पटक–पटक विजय पाण्डेलाई भनेको सुपरभाइजर जनार्दनको भनाई रहेको छ ।
    लुम्बिनी प्रदेश सरकारले जनता आवास कार्यक्रम संचालन गरि गरिब, अति विपन्न जनता पहुँच नभएको परिवारलाई पक्की भवन निर्माण गरि सुखी र सुरक्षित बास बस्ने व्यवस्था गर्ने उद्देश्यले जनता आवास कार्यक्रम लागु गरेको छ । विचौलियाहरुको कारणले गरिब जनता आफ्नो बालबच्चा, आफ्नो परिवारलाई सुखी र सुरक्षित बास बस्न पाउन सकेका छैनन् । विजय पाण्डे पुर्व प्रदेश सभा सदस्य, विरेन्द्र कानोडियाका नजिकक रहेको स्थानीयले बताउँछन ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.