ईरसाद अहमद खाँन (बच्चन)
बेलहिया, १९ बैशाख । नेपालको दोस्रो ठूलो भन्सार कार्यालय बेलहिया हो । यहाँ दैनिक करोडौँको आर्थिक कारोवार हुने गर्दछ । यस क्षेत्रमा भन्सार कार्यालय, अध्यागमन कार्यालय र सुरक्षाकर्मीहरु उपस्थित रहेका छन । भैरहवा भन्सार कार्यालयको मार्ग हुदँै दैनिक रुपमा सयौँ दुई पाङ्ग्रे, चार पाङ्ग्रे र मालबाहक कन्टेनरहरु नेपाल भित्रिने गर्दछन् । लुम्बिनीखबरको स्थलगत रिर्पाेटिङका क्रममा बैशाख १६ गते यस नाका हुदैं भारतीय कार, मोटरसाइकल र बस पर्यटक बोकेर ३३० नेपाल तर्फ भित्रिएका छन् । भारतीय कार, मोटरसाईकल भन्सार सुविधाबाट नेपाल भित्रिएको भैरहवा भन्सार कार्यालय बाट प्राप्त हुन सकेन । बैशाख १६ गते साँझ सम्मको रिपोटिङका क्रममा ३५२ वटा मालबाहक कन्टेनरहरु भैरहवा भन्सार कार्यालय भित्र प्रवेश गरेका छन् । २१९ वटा मालबाहक कन्टेनरहरु भन्सार भएर नेपाल तर्फ प्रवेश भएको देखिन्छ । अध्यागमन कार्यालय बेलहियाका अनुसार विभिन्न १२ देशबाट ७७ जना पर्यटक उक्त दिन भारतीय मार्ग हुदैँ नेपालमा प्रवेश गरेका छन् ।