इरसाद अहमद खाँन (बच्चन)
बेलहिया, १९ बैशाख । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ को वडा कार्यालयले वडावासीलाई विभिन्न गुणस्तरीय सेवाहरु प्रदान गर्दै आएको छ ।
सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ को वडा कार्यालयले गुणस्तरी सेवा प्रवाह गर्दै आएको छ । वडा नम्बर १ का सचिवले प्रमोद कुमार चौवेले भने वडाका जनतालाई सुरक्षित तरीकाले सरल सहज र मर्यादित तरिकाले सेवा प्रवाह गर्नका लागि वडाका जनप्रतिनिधि र कर्मचारी सहकार्य गरी सेवा गर्दै आएका छौँ । वडा नम्बर १ को वडा कार्यालयबाट विभिन्न किसिमका कागजात सम्बन्धी कार्यहरु गर्ने वडा सचिव चौवेले जनाउनुभयो । वडा कार्यालयबाट विभिन्न प्रयोजनका लागि चार किल्ला प्रमाणित, घर जग्गा नामसारी सम्बन्धी, नाता प्रमाणित, जन्मदर्ता, विवाह दर्ता, मृत्यु प्रमाणित, बसाई सराई, सम्बन्ध विच्छेद, सम्पत्ति कर , बहाल कर, नागरिकता सिफारिस, फोटोकापी निःशुल्क, अनलाईन फारम निःशुल्क आदि जस्ता सेवाहरु स्थानीय वडावासीलाई दिदै आएको सचिव चौबेले जानकारी दिनुभयो । यसका साथै वडाले सामाजिक सुरक्षा अन्तर्गतका जेष्ठ नागरिक , महिला विधवा, अपाङ्ग, दलित जस्ता विभिन्न सुरक्षा भत्ताका लागि सिफारिस गरी वडाबासीहरुलाई नेपाल सरकारबाट मिल्ने सेवा सुविधा पाउन सरल भएको सचिव चौवेले वताउनुभयो ।
वडा कार्यालयले कृषकहरुको समस्यालाई ध्यानमा राखि कृषिका लागि आवश्यक पर्ने सामग्रीहरु उपलब्ध गराउनमा जोड दिएको सचिव चौवेले जानकारी दिनुभयो । यो वडा कार्यालयले कृषकहरुलाई मलखाद, विऊँ विजन, निःशुल्क स्प्रे मेसिन, कृषक परिचयपत्र समेत वितरण गरेको सचिव चौबेले बताउनुभयो ।