झब्बर यादव
सिद्धार्थनगर, २१ बैशख । रुपन्देहीको ओमसतिया गाउँपालिकाले गाउँपालिका भित्रका कृषकको आवश्यकता अनुसार कृषिका लागि योजना बनाई कृषिलाई उत्पादनमुखि बनाउन विभिन्न कार्यक्रम गर्दै आएको छ ।
गाउँपालिकाले कृषि सम्बन्धी योजनाको आधारमा आथिक बर्ष २०७९।८० अनुसार ७० लाख बजेट विनियोजन गरेको गाउँपालिकाका कुषि शाखा प्रमुख केशव प्रसाद चौधरीले बताउनुभयो । जसमा विभिन्न कार्यक्रमहरु उल्लेख गरी गाउँपालिकाका विभिन्न ठाउँमा कार्यक्रम संचालन गर्दै आएको गाउँपालिकाका कृषि शाखा प्रमुख चौधरीले जानकारी दिनुभयो । गाउँपालिकाले कृषक समुह व्यवस्थापन तथा नवीकरण प्रविधि हस्तान्तरण कार्यक्रम ६ वटा वडाको १० ठाउँमा नयाँ प्रविधियुक्त तालिम दिनुका साथै निःशुल्क च्याउँ विऊ, प्याज विऊ वितरण समेत गरेको कृषि शाखा प्रमुख चौधरीले बताउनुभयो । कृषि औजार, मोटर तथा मेसिन मर्मत तालिम ६ वटा वडा मध्ये ४ वटा वडामा मात्र संचालन गरिएको थियो । नयाँ उन्मोचित गहँुवाली जातिय प्रवृति प्रदर्शन तथा कृषक समुह संग समिक्षा कार्यक्रममा वडा नम्बर ३ कार्यालयको अगाडि गरेको कृषि शाखा प्रमुख चौधरीले जानकारी दिनुभयो । गाउँपालिकाले गरेका कार्यक्रमहरु जस्तै अनुदानको मल विक्री वितरण गर्ने सहकारी तथा सरोकारवाला संग अन्तरक्रिया तथा गोष्ठी कार्यक्रम, आकास्मिक बाली संरक्षण कार्यक्रममा निःशुल्क विषादी निःशुल्क वितरण, वडा कृषि पशु सेवा प्रविधिहरु संग मासिक समीक्षा बैठक कार्यक्रम, खाद्यान्न गहुँ तथा धान ४० प्रतिशत अनुदान कार्यक्रमका लागि गहुँको लागि वितरण गरिसकेको र धाँन वालीको लागि टेन्डर भई सकेको मागका आधारमा च्याउँ विऊँ (स्पान) तथा पोलिथिन व्यागमा ५० प्रतिशत अनुदान, मागका आधारमा व्यवसायिक उन्मुख कृषकहरुलाई तरकारी विऊमा ५० प्रतिशत अनुदानमा हिउँदेवाली र लहरेवाली वितरण, ५० प्रतिशत अनुदानमा इलेक्ट्रिक स्प्रे वितरण, दालबाली प्रवर्धन, मसुरो विऊँमा ५० प्रतिशत अनुदान जस्ता कार्यक्रमहरु गाउँपालिकाले गरिसकेको कृषि शाखा प्रमुख चौधरीले जानकारी दिनुभयो । योजनामा उल्लेखित कार्यक्रम मध्ये केही कार्यक्रमहरु अहिले उपयुक्त समय नभएको हुदाँ कार्यक्रम रोकिएको बताउनुभयो । जस्तै राष्ट्रिय धाँन दिवस असार १५ गते पर्ने गएको हुदाँ यो कार्यक्रम असार १५ गते मनाउने कृषि शाखा प्रमुख चौधरीले जानकारी दिनुभयो । यसका साथै जिङ्क वितरण कार्यक्रम, धान वितरण कार्यक्रममा एक घर एक फलफुल विरुवा कार्यक्रम हिउँद अधिबेशनमा राम्रो नदेखिएको हुदाँ यो कार्यक्रमलाई संशोधित गरेर धाँन वितरण कार्यक्रममा ४० प्रतिशत अनुदानमा थप गरेर कृषकहरुलाई विऊँ वितरण गर्ने कृषि शाखा प्रमुख चौधरीले बताउनुभयो ।