logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    ताल, तलैया, पोखरी, खोला नाला संरक्षण गर्न जरुरी


    २१ बैशाख २०८० , बिहिबार

    ताल, तलैया, पोखरी, खोला नाला संरक्षण गर्न जरुरी

    पशुपति यादव
    रोहिणी, २१ बैशाख । परापूर्व कालमा शिक्षा र चेतनाको त्यति विकास नभए पनि गुरुकुल शिक्षा अध्ययन गरेर खोला नाला पोखरीलाई संरक्षण गरी पानीलाई गंगा माताको रुपमा लिई संरक्षणको साथ साथै पानीलाई समेत सुद्धिकरण गरी मानिसहरु आफ्नो दैनिक उपयोगमा ल्याएको देखिन्छ ।


    खोला नाला ताल तलैया लाई वर्गीकरणको रुपमा हेर्दा दुई प्रकारको देख्न सकिन्छ । एउटा स्थाई र अर्को अस्थाई रुपमा रहेको छ । तराईको जिल्लामा अधिकाशं गाउँहरुमा गाउँको भित्र भित्र पोखरीहरु देख्न सकिन्छ । पोखरी किन गाउँ गाउँ भित्र रहेको र गाउँ बाहिर ठूलो ठूलो खेतको विचमा रहेको एक जना वृद्ध संग बुझ्दा गाउँ भित्रको पोखरीमा जम्मा भएको पानीलाई पशुपंक्षीहरुले उपभोग गर्नको लागि पहिला गाउँमा अधिकाशं खरको छानोबाट बनेको घर आगलागि जोखिमपूर्ण रहेकोले आगो निभाउनको लागि पूर्व तयारीको लागि पोखरी रहेको बताउनुभयो । खेत खेतको विचमा रहेको पोखरी सिचाई एवम् गाई भैसीलाई पानी खाने नुहाउनेका लागि र खेतवारीमा आगलागी हुदाँ निभान समेत हुन गरेको बताउनुभयो ।
    समय बदल्दै गयो, वातावरण सम्बन्धी हेर्ने निकायको मौनता राजनीत गर्नेहरुलाई वातावरण सम्बन्धी ज्ञानको अभावको चपेटामा पुराना पोखरी ताल तलैया स्थाई खोलानालालाई अधिग्रहण गर्ने राजनीतिक संरक्षणकै मिलोमतमा अधिग्रहण गर्ने तिर सक्रिय देखिन्छ ।


    छिमेकी देश भारतमा (नरेगा) भने शब्द सुनिन्छ । नरेगा भनेको साय दिनको रोजगार जस्तै हो । भारतमा साय दिनको रोजगारी गर्नेहरुले विशेष गरेर ताल पोखरी स्थायी खोलानाला समेतलाई सिमाङ्कन र रेखाङ्कन कै आधारमा सरसफाई त्यहाको स्थानीय सरकार प्रान्त सरकार विशेष ध्यान दिएको देखिन्छ । अहिले तिन तहको सरकार स्थानीय सरकार स्थानीय जनताको जल्दो बल्दो समस्यालाई निराकरण गर्ने स्थानीय सरकारको भुमिका देखिन्छ । गाउँ भित्रका पोखरी, ताल, तलैया, खोला, नालालाई अधिग्रहणबाट रोक्नु र सरसफाई गरी माछा पालनको लागि ठेक्का पट्टा गरी स्थानीय सरकारको आय स्रोत पनि हुने संरक्षण पनि हुने जानकारहरु बताएका छन् ।
    यस्ता ताल, तलैया, खोला नालालाई सरसफाई गर्दा नेपाल सरकारले निर्माण गरेका कार्यविधिलाई टेकेर अगाडि बढेमा विरोधाभाषण हुने एक जना स्थानीयले सुझाएका थिए । यस्ता सरसफाई र संरक्षण गर्दा सम्बन्धित निकायले आफना नीजि स्वार्थमा नलागि जनमुखि कार्य गर्ने एक स्थानीयको भनाई रहेको थियो ।
    प्रविधि युगमा प्रवेश गरेपनि वातावरण सबैलाई आवश्यक पर्ने हुदाँ ऐलानी जग्गालाई संरक्षण गरी बृक्ष रोपण गरौँ सार्वजनिक ताल, तलैया, पोखरी, खोला, नालालाई संरक्षण गरी पानीको व्यवस्थापन गरी वातावरणमा सबैको जोड हुनु जरुरी देखिन्छ । राजनीतिक हिसाबले फरक फरक विचार भएपनि वातावरण सम्वन्धमा स्थानीय जनसमुदायको जनजीवनलाई मध्यनजर गरी अगाडि बढ्नु पर्दछ । पुरानो ताल, तलैया, पोखरी, खोला, नालालाई संरक्षण गरी आउने ईतिहासको पानामा आउने पिढिले हेर्ने र प्रशंसा चर्चाको विषयमा सफल र सफलताको लागि खोला, नाला, ताल, तलैयालाई संरक्षण गर्न आजको आवश्यकता जरुरी देखिन्छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.