logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    गुणस्तरीय शिक्षामा गाउँपालिकाको पहल


    २१ बैशाख २०८० , बिहिबार

    गुणस्तरीय शिक्षामा गाउँपालिकाको पहल

    ज्ञानेश्वर सहानी । न्यूज डेक्स
    सिद्धार्थनगर, २१ बैशाख । नवलपरासीको पल्हीनन्दन गाउँपालिकाले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि गुणस्तरीय योजनाका साथ अगाडि बढेको छ ।
    पाल्हीनन्दन गाउँपालिका भित्र ४३ वटा विद्यालयहरु खुलेका छन् । जसमा १५ वटा समुदायिक विद्यालय, १५ वटा नीजि विद्यालय र १३ टा मदरसा रहेका छन । गाउँपालिका भित्र खुलेका विद्यालय गाउँपालिकाको योजना अनुसार आफुले पनि वार्षिक कार्ययोजना बनाई निरन्तर गुणस्तरीय शिक्षामा जोड दिदै सहकार्य गरेको गाउँपालिका शिक्षा शाखा प्रमुख प्रमोद यादवले जानकारी दिनुभयो । गाउँपालिका भित्र सामुदायिक विद्यालय मध्ये ७ वटा माध्यामिक विद्यालय, १ वटा निम्न माध्यमिक विद्यालय र ७ वटा प्राथमिक विद्यालय रहेको छन् । नीजि विद्यालयमा ४ वटा माध्यमिक विद्यालय, ५ वटा निम्न माध्यमिक विद्यालय र ६ वटा प्राथमिक विद्यालयहरु रहेका छन् । त्यसै गरी मदरसामा ४ वटा निम्न माध्यमिक र ९ वटा प्राथमिक तहका मदरसा विद्यालय समेतले आ–आफ गाउँपाकिलाको योजना तथा कार्यक्रम अनुसार कार्यक्रम गर्दै आएके गाउँपालिका शिक्षा शाखा प्रमुख यादवले बताउनुभयो ।

    आर्थिक बर्ष २०७९।८० मा विभिन्न तहकाले सरकारले विविध विषय तथा कार्यक्रमका लागि बजेट विनियोजन गरेको गाउँपालिका शिक्षा शाखा प्रमुख यादवले जानकारी दिनुभयो । गुणस्तरीय तथा बालमैत्री शिक्षाका लागि आवश्यकता अनुसार बजेट विनियोन भएको देखिन्छ । गाउँपालिकाले ३ करोड ३४ लाख ८१ हजार, केन्द्रीय बजेट १३ करोड १० लाख र मुख्यमन्त्री सुधार कार्यक्रमका लागि ६० लाख बजेट विनियोज भएके गाउँपालिका शिक्षा शाखा प्रमुख यादवले बताउनुभयो । मुख्यमन्त्रि शैक्षिक सुधार कार्यक्रम अन्तर्गतका विभिन्न कार्यक्रम केही कार्यक्रम भई सकेको र केही कार्यक्रम गर्न बाँकी रहेको अहिले बालविकास सहजकर्ताहरुलाई क्षमता बुद्धि तालिम भइरहेको गाउँपालिका शिक्षा शाखा प्रमुख यादवको भनाई रहेको छ । संघीय वा केन्द्रिय बजेटमा शिक्षकहरुको तलब, भत्ता, तालिम लगायत अन्य विभिन्न किसिमका गुणस्तरीय शिक्षाका कार्यक्रमहरु संचालन गर्दै आइरहेको गाउँपालिका शिक्षा शाखा प्रमुख यादवले बताउनुभयो ।
    गाउँपालिका शिक्षा शाखा प्रमुख यादवले भने – गाउँपालिकाले बनाएको योजना उल्लेखित कार्यक्रम मध्ये ७० प्रतिशत कार्यक्रम टङु्गो लागि सकेको र ३० प्रतिशत कार्यक्रम गर्न बाँकी रहेका छन । कार्यक्रम गरेको आधारमा विद्यालयले गुणस्तरीय सेवा प्रदान विद्यार्थीहरुको पनि गुणस्तरीय उपलब्धी देखिएको जनाउनुभयो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.