logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    कोटहीमाईमा योजना अनुसार काम


    २१ बैशाख २०८० , बिहिबार

    कोटहीमाईमा योजना अनुसार काम

    रुविना थापा
    मायादेवी, २१ वैशाख । कोटहीमाई गाउँपालिकामा योजना अनुसारको काम अगाडि बढेको छ ।
    भौतिक पूर्वधार विकासको लागि लगभग ४० प्रतिशत बजेट छुटाइएको ईन्जिनियर नवराज भण्डारीले जानकारी दिनुभयो । कोटहीमाई गाउँपालिकामा जम्मा ७ वडा रहेको छ । प्रत्येक वडामा योजना अनुसार नै विकासका कार्यहरु गर्दै आएको कुरा कोटहीमाई प्राविधिक सूचना शाखाले जानकारी दिएको छ ।


    प्रत्येक वडाका आवश्यकता अनुसार १ करोड बजेट छुट्याइएको र त्यही बजेट अनुसार कामहरु भइरहेको गाउँपालिकाको सूचना शाखाले जानकारी दिएको छ । ७० प्रतिशत कामहरु पि.पि.सि.बाट भएको कोटहीमाई गाउँपालिकाको सूचना शाखाले जानकारी दिएकोे छ । स्वास्थ्य चौकीहरुको निर्माण कार्य भइरहेको २, ३, ६ वडामा पक्की ढालानबाटै निर्माण भएको छ । अरु बाँकी कार्यहरु भइरहेको सूचना शाखाबाट प्राप्त भएको छ ।
    प्रदेश सरकारको बजेटबाट कृषिका लागि विद्युतीकरण गरिएको छ र प्रदेशको बजेटबाट यो कार्य सफल पार्न सहज भएको र स्थानीय समपूरक बजेट पालिकाबाट माग गरेको ई. नवराज भण्डारीले बताउनुभयो । बोरिङ्गबाट सिचाई, शुद्ध खाने पानीको लागि ह्याण्ड पाइप जडान गर्दै कार्यहरु अगाडि बढेको कोटहीमाई गाउँपालिकाको स्थानीय बासी बताउँछन् ।
    सर्वेद्रनाथ शुक्लाको पहलमा मर्चवार आदर्श बहुमुखी विद्यालय निर्माणको लागि भारतीय एम्बेसीमा अनुदान माग गरेको ई. भण्डारीले जानकारी दिनुभयो । वडा नं. १ मा अवस्थित लाल विहारी विद्यालयको लागि २२ लाख राष्ट्रपत्ति शैक्षिक अनुदानमा निर्माण भईराखेको छ । त्यसमा गाउँपालिकाको १० प्रतिशत सहयोग रहेको छ । कालोपत्रे, सिमेन्ट बाट निर्माण कार्यहरु ५० लाखको बजेटमा भइरहेको ई. भण्डारीले जानकारी दिनुभयो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.