logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    नेतृत्व विकास तथा पत्रकारिता तालिम सम्पन्न


    २६ बैशाख २०८० , मंगलबार

    नेतृत्व विकास तथा पत्रकारिता तालिम सम्पन्न

    पशुपति यादव
    रोहिणी, बैशाख । रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर ६ को सहकार्यमा र लुम्बिनी खबर मिडिया क्लबको आयोजनामा कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ ।


    बैशाख २३ गते देखि नेतृत्व विकास तथा पत्रकारिता तालिम सुरु भएको र २४ गते सम्पन्न भएको आयोजकले जनाएकाो छ । नेतृत्व विकास तथा पत्रकारिता तालिममा महिला पुरुष गरी ५० जनाको सहभागिहरुको सहभागिता रहेको वडा कार्यालयले जनाएको छ ।
    २३ गते पहिलो दिन उदघाटन सत्रमा वडा नम्बर ६ का निर्वाचित वडा सदस्य हाल कार्यवाहक अध्यक्ष कार्यक्रमका प्रमुख अतिथि पार्वति चौधरीले नेतृत्व विकासको लागि सहभागि भाई बहिनीहरुको लागि वडाको सहकार्य र लुम्बिनी खबर मिडिया क्लबको समन्वयमा कार्यक्रम शुभारम्भ भएको जानकारी दिनुभयो । यो कार्यक्रम दुई दिवसीय संचालनमा रहने छ ।


    समयको सदुपयोग गरी सहभागिले अवसरको रुपमा लिन चौधरीले आग्रह दिनुभयो । समापन कार्यक्रममा नेतृत्व विकास तालिममा सहभागिहरुले आफै मञ्च अगाडि कार्यक्रम संचालन गर्दा सहभागिले मन्तव्य राख्दा चौधरीले खुसी व्यक्त गर्नुभयो । दुई दिनको तालिमबाट नतिजा प्राप्त भएको सहभागिको बोलाईबाट आफू प्रफुल्लित भएको खुसि व्यक्त गर्नुभयो ।
    वडा सदस्य झपेन्द्र यादव, राजकुमार कहार, शारदा हरिजन, जनप्रतिनिधिहरुको उपस्थितिमा उदघाटन समापन कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ ।
    प्रशिक्षक कमल रायमाझी, प्रशिक्षक रुविना थापा, सुरज ज्ञवाली लगायतले प्रशिक्षार्थीलाई प्रशिक्षण गरेका थिए भने पशुपति यादवको अध्यक्षतामा कार्यक्रम संचालनमा समापन कार्यक्रम सम्पन्न भएको थियो ।
    कार्यक्रममा दुई दिने नेतृत्व विकास तथा पत्रकाारिता तालिमा सहभाागिहरुलाई धन्यावादका साथै प्रमाणपत्र प्रदान गरिएके आयोजकले जनाएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.