logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    ‘माटो बचाऔ अघि बढौं’ भन्ने नारामा


    २६ बैशाख २०८० , मंगलबार

    ‘माटो बचाऔ अघि बढौं’ भन्ने नारामा

    लघुवित्तीय संस्थाको ज्यादती विरुद्ध विरोध कार्यक्रम
    अन्जना चौहान

    लुम्बिनी, २६ बैशाख । लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. ६ पर्सा चोकमा माटो बचायांै अघि बढौं भन्ने मुलनाराका साथ लघुबित्तिय सस्थाहरुको ज्यादती बिरुद्ध बिरोध कार्यक्रम भएको छ ।
    सैनामेैना नगरपालिका सङ्घर्ष समिति रुपन्देही लुम्बिनी प्रदेश को आयोजना गनपत रैदास गैडहवा गाउँपालिका लघुबित्तिय सङ्घर्ष समिति अध्यक्षको अध्यक्षता, सदस्य मनिराम ज्ञवालीको प्रमुख आतिथ्यता र बद्री देवान जिल्ला अध्यक्षको आतिथ्यतामा १ सय जना भन्दा बढी सदस्यहरुको सहभागितामा विरोध कार्यक्रम सुरु भएको छ ।
    कोणसभामा प्रमुख अतिथि मनिराम ज्ञवाली सामाजिक सदभाव बिगार्ने खेल लघुबित्तिय संस्थाले गरेको छ । गरिब र बिपन्नताको आडमा लघुबित्तिय सस्थाले ब्यक्तिलाई मृत्युको मुखमा पु¥याउने जुन खेल खेलिरहेको छ । लघुबित्तिय संस्थाको अध्यक्षको निर्देशन अनुसार कर्मचारीहरुले गरिरहेका महिला हिसां घरवाट जर्बजस्ति बाख्रा, भैंसी, सुनचाँदी, कुलर फिरिज जस्ता सामाग्रीहरु लैजाने गरेको देखिएको छ ।
    त्यसैको बिरुद्धमा हाम्रो आन्दोलन रहेको र हाम्रो आउने पुस्ताका सहजताका लागि पनि हाम्रो सङ्घर्ष हो, हामी १५ महिना देखि सङ्घर्ष गर्दै आएका छौ, देशव्यापी लाखौं सङ्ख्यामा नेपालमा भएका लघुबित्तिय सस्थाहरुले दुःखि गरिब समुदायलाई लोभ, लालच देखाएर आर्थिक र सामाजिक शोषण गरि ठगि गरिरहेको छन । अहिले वचतक्रर्ताहरुको घर निलामि हुने प्रक्रियामा आईसकेको छ ।
    खुशिको कुरा हामी आज मानवीय प्रचण्ड ज्युलाई ज्ञापन–पत्र बुझाएका छाँै । यदि यो सरकारले जेठ १३ गते सम्म पनि आलटाल गरेर हाम्रो सङ्घर्षलाई कुठाराघात गर्याे भने हामी जेठ १४ गते देखि देशमा ब्यापी लघुबित्तिय सस्थामा तालाबन्दी गर्ने छौ । हामी गिरफ्तारी साथ फासीमा चढ्न पनि तयार हुने छाँै जस्ता भनाई कोणसभामा बोलेका कोणसभामा महिला मार्न पाईदैन, काम र दामको ब्यवस्था गर, निशुल्क ऋण प्रदान गर भन्ने प्लेकार्ड समेत देखाएका कोण सभा रन्यौरा, मुर्गियामा मङ्गलबार जेठ २ गते सम्पूर्णलाई उपस्थितिको लागि आह्वान समेत गर्दे कार्यक्रम सम्पन्न भएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.