logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    ४ लाख ६७ हजार परीक्षार्थी मंगलवार कक्षा १२ मा सहभागी


    २६ बैशाख २०८० , मंगलबार

    ४ लाख ६७ हजार परीक्षार्थी मंगलवार कक्षा १२ मा सहभागी

    लुम्बिनीखबर
    भैरहवा, २६ बैशाख । नेपालको भरीमा हिजो देखि कक्षा १२ को परीक्षा सुरु भएको छ । कक्षा १२ को वार्षिक परीक्षा मंगलबार बिहान ८ बजे देखि मध्याह्न १२ बजे सम्म हुने भएको छ ।
    राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा देशभरबाट कूल ४ लाख ६७ हजार ३ सय ८९ परीक्षार्थी सहभागी हुँदैछन् । जसका लागि देशभर १ हजार ४ सय ५७ परीक्षा केन्द्र निर्धारण गरिएको छ । यस वर्ष ५६ हजार भन्दा बढी विद्यार्थी ग्रेडवृद्धि परीक्षामा सहभागी हुने भएका छन् भने उनीहरुले जति विषयमा कम नम्बर आएको थियो सोही विषयको मात्र ग्रेड वृद्धि परीक्षा दिनु पर्नेछ ।
    बोर्डका अनुसार ३ वा सोभन्दा बढी विषयमा ‘नन ग्रेड’ ल्याएका विद्यार्थीले यो वर्ष पूरै विषयको परीक्षा दिनुपर्ने भन्दै ६ विषयकै परीक्षा फाराम भरिए पनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले लेटर ग्रेडिङ निर्देशिका, २०७८ संशोधन गरे सँगै अब नन ग्रेडेड ल्याएका विषयको मात्रै परीक्षा दिए पुग्ने भएको छ ।
    कोरोना भाइरसका कारण शैक्षिक सत्र २०७७ देखि प्रश्नपत्र प्रकाशन गर्न छाडेको बोर्डले अनलाइन माध्यमबाट प्रश्नपत्र पठाउने र परीक्षा केन्द्रले आफैँ प्रिन्ट गरेर वितरण गर्दै आएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.