logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    नियमित चेकजाचँ गराऔं, रोगलाई निर्मुल पारौँ


    २८ बैशाख २०८० , बिहिबार

    नियमित चेकजाचँ गराऔं, रोगलाई निर्मुल पारौँ

    रोग लागेपछि उपचार गराउनु भन्दा रोग लाग्न नदिनु रामग्राम नगरपालिकाको विशेष जोड
    झब्बर यादव
    नवलपरासी, २७ बैशाख । नवलपरासीको रामग्राम नगरपालिका स्वास्थ्य शाखाले रोग लागेपछि उपचार गराउनु भन्दा रोग लाग्न नदिनु भन्ने विषयमा निरन्तर सबैलाई सल्लाह दिदै आइरहेको छ ।
    रामग्राम नगरपालिका भित्र ८ वटा आधारभुत स्वास्थ्य इकाईहरु रहेका छन् । नगरपालिका भित्रका १ देखि १८ वटा वडाका स्थानीयवासीहरुलाई स्वास्थ्य सेवा पु¥याउनमा स्वास्थ्यका कर्मचारीहरु दिनरात खटेर सेवा प्रदान गरेको स्वास्थ्य शाखा प्रमुख राम नरेश रायले जनाउनुभयो ।
    रामग्राम नगरपालिकाले बनाएको योजना अनुसारको कार्यक्रम गर्दै आइरहेको र योजना अनुसार स्वास्थ्य कार्यालयहरुले दिनुपर्ने सेवाका साथै गर्भवती तथा सुत्केरी महिलाहरुलाई पौष्टिक अहार वितरण, नियमित चेकजाँच, पोषण झोला, औषधी र नियमित खोप आदि जस्ता सेवाहरु निरन्तर दिदै आइरहेको नगरपालिका स्वास्थ्य शाखा स्रोतले जनाएको छ ।
    अहिले मानिसहरुको विभिन्न क्रियाकलापले गर्दा नयाँ नयाँ रोगहरु सृजना भएको देखिन्छ । त्यस्ता रोगबाट बाँच्नका लागि निरन्तर जनचेतना मुलक कार्यक्रम र चेकजाँच गरी तत्कालै समस्याको पत्ता लगाउन र समाधान गर्न सकिने नगरपालिका स्वास्थ्य शाखा प्रमुख रायको भनाई रहेको छ ।
    नगरपालिकाका स्वास्थ्य कार्यालयहरुले दिन पर्ने सेवाहरु आधारभुत कार्यक्रम , ज्येष्ठ नागरिक मेयर कार्यक्रममा ६५ बर्ष पुगेका वृद्धवृद्धाहरुलाई नियमित घर दैलो चेकजाचँ, औषधी उपचारका साथै आवश्यक सल्लाह सुझाव समेत दिदै आएको नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । नगरपाकिलाकाले नगरपालिकाका विरामीलाई अस्पताल देखि घर सम्मा ल्याउन लैजान निःशुल्क एम्बुलेन्स सेवाका साथै आधारभुत स्वास्थ्य सेवा दिदै आइरहेको स्वास्थ्य शाखाले बताएको छ । नगरपालिका भित्र सार्वजनिक स्वास्थ्य कार्यालयका साथै प्रदेश सरकारको अनुमति लिई संचालनमा रहेका संस्थागत स्वास्थ्य कार्यालयहरुले गुणस्तरीय सेवा दिदै आइरहेको र अगामि दिनमा नगरपालिकाले निजी स्वास्थ्य सेवा कार्यालयको लागि मापदण्ड बनाई उनीहरुले दिने सेवाको अनुगमन गरी स्थानीय सरकारको अनुमति लिई संचालन गर्ने योजना ल्याउदाँ अझै प्रभावकारी देखिने स्वास्थ्य शाखा प्रमुख रायको भनाई रहेको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.