logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    सार्थक बहुउद्देश्यी सहकारी संस्था फरार


    २८ बैशाख २०८० , बिहिबार

    सार्थक बहुउद्देश्यी सहकारी संस्था फरार

    झब्बर यादव
    सिद्धार्थनगर, २८ बैशाख । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका स्थित सार्थक बहुउद्देश्यीय सहकारी सहकारी संस्था दुई वर्ष नपुगी बचतकर्ताहरुले बचत गरेको रकम लिएर फरार भएको छ ।
    सिद्धार्थनगर नगरपालिका वडा नम्बर ७ भैरहवाको नारायण पथमा विक्रम सम्बत २०७८ सालमा खुलेको सार्थक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको कार्यालयमा ताला लगाई कर्मचारीहरु संस्थामा आउन छाडेका छन् । यो संस्था सिद्धार्थनगर नगरपालिकामा खुलेको दुई वर्ष पनि पुगेको छैन, बचत कर्ताहरुले बताउँछन् ।

    यो सहकारीको मुख्य प्रधान कार्यालय सिद्धार्थनगर नगरपालिकाको वडा नम्बर ७ नारायण पथमा रहेको र सदस्य सेवा कार्यालय रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका वडा नम्बर ५ मणिग्राममा मात्र रहेको बचतकर्ता सदस्यहरुले बताउँछन् । बचतकर्ताहरुले यस सहकारीले विभिन्न किसिमका बचत संकलन गरेको हुदाँ हामी संस्थाका कर्मचारीहरुले भनेकै आधारमा विभिन्न परिस्थिति, दुःख, कष्ठ, अप्ठयारो सहेर थोरै थारै गरेर पैसा जमा गरेका थियो तर त्यस्तो दुःख गरेर जमा गरेको पैसा लिई संस्थाका कर्मचारीहरु अहिले फरार भएको बतचकर्ताहरुले जनाएका छन् ।
    बचत उठाउने कर्मचारी बचत उठाउन नआउँदा केही दिन सम्म हामीले कुरेरै बसेको का थियौँ । कर्मचारीहरुलाई फोन, मोवाइल, सेवा केन्द्र मुख्य कार्यालय जस्ता विभिन्न ठाउँमा विभिन्न माध्यमबाट सम्पर्क गर्न खोज्दा सम्पर्कमा नआएको बचतकर्ताहरु बताएका छन ।
    हामीले त्यस्तो दुःख गरे जमा गरेको रकम हामीले पाउनै पर्छ यस विषय प्रति सरोकारवालाहरु पनि पहल गरी हामी बचतकर्तालाई सहयोगको आपेक्षा समेत गरेको बचतकर्ताहरुले जनाएका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.