न्यूज डेक्स
सिद्धार्थनगर, २९ बैशाख । रुपन्देहीको देवदह नगरपालिकामा रहेको खैरेनीमा सवारी चालकले सह–सवारी चालक माथि फलामको रड प्रहार गरेको छ ।
बुटवल पोखरा चल्ने बसले लोकल प्यासेन्जर बसमा चढाएको भन्दै विवादले रड प्रहार भएको छ । सुनौली बाग्लुङ चल्ने लु.१ख९३२६ नम्बरको सह–चालक ३४ बर्षिय रेशमलाल भुषाललाई लु.१ख ६४५७ नम्बरको माइक्रो बस चालक बुटवल बस्ने अमित मगरले रड प्रहार गरेको प्रहरी कार्यालय स्रोतले जनाएको छ ।
रड प्रहारबाट घाइते भएका भुषाललाई देवदह खैरेनीमा प्राथमिक उपचार गरी चौरहा अस्पतालमा रिफर गरिएको छ । टाउकोमा चोटका कारण भुषालको अवस्था खतरायुक्त भएको प्रहरीले जनाएको छ ।
बुटवल बर्दघाट क्षेत्रमा चल्ने माइक्रो बसका स्टाफहरु बारम्वार झगडा गर्ने गरेको र त्यस्ता क्रियाकलापले सवार यात्रुहरुका लागि जोखिम हुन एक युवकले भनेका छन् । बाटोमा प्यासेन्जरका लागि बस चालक तथा सहचालकहरुले विभिन्न किसिमका गल्ती गरेको देखिन्छ । बस चालक र सहचालकहरुले यात्रुहरुलाई उचित ठाउँमा चढाउने र ओराल्ने काम गरौँ साथै यातायात व्यवसायी समिति र प्रहरीले नागरिकलाई सुरक्षित ढङ्गले यात्रा गर्न पाउने अधिकारबाट बञ्चित हुन नपर्ने यात्रुहरुको भनाई समेत रहेको छ ।