logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    देवदह नगरपालिकामा सर्बदलिय बैठक


    २९ बैशाख २०८० , शुक्रबार

    देवदह नगरपालिकामा सर्बदलिय बैठक

    विभिन्न विषयमा छलफल तथा अन्तरक्रिया
    झब्बर यादव
    सिद्धार्थनगर, २९ बैशाख । रुपन्देहीको देवदह नगरपालिकाका नगर कार्यापालिकाको कार्यालयले २८ गते विहिवार सर्बदलिय बैठकमा विभिन्न विषय माथि छलफल तथा अन्तक्रिया गरेको छ ।
    उक्त बैठकमा देवदह नगरपालिका नगर प्रमुख ध्रव प्रसाद खरेलको अध्यक्षतामा बैठक समापन भएको हो । बैठकमा कुनै पनि सार्वजनिक जग्गामा पार्टी वा संघ संस्थाका भवन , सामुदायिक कामका नाममा भवन निर्माण वा संरचना बनाउने नपाउने निर्णय गरिएको थियो भने साथै हाल सम्मको बजेट कार्यान्यवनको अवस्था, नगरपालिका भित्रका समस्या र उक्त समस्या समाधान आदि लगायत विविध विषयमा छलफल गरिएको नगरपालिकाका प्रवक्ता गणेश डुम्रले बताउनुभयो । नेपाल सरकार बस्ती विकास तथा शहरी भवन मापदण्ड अनुसार निर्माण गर्ने, नगरपालिकाले बनाएको मापदण्डमा आधारित न्यूनतम २० फुट वाटोमा २÷२ फुट नाला समेत रहने व्यवस्था माथि छलफल गरिएको गाउँपालिकाका प्रबक्ता डुम्रेले जनाउनुभयो । नदीजन्य पदार्थको व्यवस्थापन कानुनी प्रकृया स्थानीय जनताको भावना अनुरुप टेन्डर अनुरुप कार्य भएको छ कि छैन कडा रुपमा अनुगमन गर्ने जस्ता विषयमा निर्णय भएको नगरपालिकाका प्रवक्ता डुम्रेले बताउनुभयो ।


    अगामी दिनमा नगरपालिकाका विभिन्न कार्यलाई चुस्तदुरुस्त बनाउने, चोरी पैठारी नियन्त्रण गर्ने, शैक्षिक गुणस्तर कायम गर्ने, किसानमैत्री बजेट विनियोजन गरी समयमा नै मलखाद तथा विऊँ विजन उपलब्ध गराउने, अव्यवस्थित जग्गाको नापी, कोसेलि घर संचालन जस्ता कार्यहरु निरन्तरता दिने प्रतिबद्ध रही व्यवस्थित जम्माको राजश्व घटाउन सबैले पहल गर्न अनुरोध समेत गरेको प्रवक्ता डुम्रेले जनाउनुभयो ।
    उब्त बैठकमा देवदह नगरपालिकाका नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङ्, नेपाली कांग्रेसका बासुदेव रिमाल, सुनखर भुर्तेल, नेकपा एमालेका प्रकाश अर्याल, यम राना, हिरा बहादुर थापा, नेकपा माओबादी केन्द्रका मोतिलाल ढकाल, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रेम खत्री, चन्द्रकान्त न्यौपाने, राप्रपाका माधव रिमाल लगायतका उपस्थिति रहेको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.