logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    छात्राको शैक्षिक उन्नतीको लागि प्रतापपुरको साईकल वितरण अभियान


    २९ बैशाख २०८० , शुक्रबार

    छात्राको शैक्षिक उन्नतीको लागि प्रतापपुरको साईकल वितरण अभियान

    स्नातक अध्ययन गर्ने छात्रालाई गाउपालिकाले गरेयो साईकल वितरण

    श्यामबदन हरिजन
    त्रिवेणी, २९ बैशाख । नवलपरासीको प्रतापपुर गाउँपालिकाले छात्राहरुलाई अध्ययनमा उत्साह जगाउनका लागि साईकल वितरण गरि उदारणिय कार्यको थालनी गरेको छ । छोरी शिक्षालाई प्रर्वधन गर्नका लागि साईकल वितरण गरिएको गाउँपालिकाको सुचना शाखाले जनाएको छ । प्रतापपुर गाउपालिका अध्यक्ष उमेशचन्द्र यादवले साइकल प्रदान गर्दै साइकलले स्नातकमा नियमित अध्ययन गर्ने छात्राहरूमा आत्मविश्वास बढाउनुका साथै पढाईमा उत्प्रेरित साईकल वितरण गरिएको बताउनुभयो । उहाँले महिला सशक्तीकरणका लागि साईकल बितरणले थप उर्जा थप्ने जानकारी दिनुभयो  .गाउँपालिका भित्र रहेका १०३ जना छात्राहरुलाई साईकल बितरण गर्ने कार्यक्रममा बोल्दै अध्यक्ष यादवले आगामी दिनमा थप कार्यक्रम मार्फत छात्राहरुको मनोवल उच्च राख्ने काम गरिने बताउनुभयो । साईकल ग्रहण पछि छात्राहरुले गाउपालिकाले उपलब्ध गराएको साईकल ले पढाईप्रति साहस र उर्जा थपेको बताएका थिए । कार्यक्रममा गाउपालिका प्रशासकिय अधिकृत चिरञ्जीवी घिमिरे,बिद्यालय निरिक्षक डिलिराम ढुङगाना ,उपाध्यक्ष मानकुमारी चौधरी वडा न १महेन्द्र प्रसाद चौधरी ,वडा न ८का सन्तोष राजभर ,वडा न ९का वडा अध्यक्ष जय किशुन चौधरी लगायतले शुभकामना ब्यक्त गर्नु भएको थियो । कार्यक्रममा स्थानीय शिक्षाप्रेमी, समाजसेवी, सञ्चारकर्मी तथा अभिभावकहरुको उपस्थित रहेको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.