एलिना अचार्य
भैरहवा, जेठ । सिद्धार्थनगर नगरपालिका वडा नं २ मा सिलाई कटाई तालिम सुरु भएको छ ।
सिद्धार्थनगर नगरपालिका वडा नम्बर २ को कार्यालयको सहयोगमा स्माइल फाउन्डेसन नेपालको आयोजनामा वडामा बसोबास गर्ने महिलाहरूका लागि निःशुल्क सिलाई कटाई तालिम जेठ १ गते सोमवार देखि सुरु भएको छ ।
यो कार्याक्रम गरीब, विपन्न महिलाहरूलाई सरोजगार बनाउनका लागि सिलाई कटाई तालिमको आयोजना गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रम उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा सिद्धार्थनगर नगरपालिका अध्यक्ष ईस्तियाक अहमद खानले महिलाहरु आर्थिक रूपमा आत्मनिर्भर बन्नु पर्ने कुरामा जोड दिदैं कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा सिद्धाथनगर नगरपालिका वडा नम्बर २ का अध्यक्ष छेदीलाल श्रीवास्तवले आर्थिक सबलताले गर्दा समाज विकास हुने समाज विकास हुँदा राष्ट्रको विकास हुने बताउदै कुरामा जोड दिदै, आगामी दिनमा पनि महिला सशक्तिकरण सम्बन्धित तालिम दिने प्रतिबद्धता व्यक्त जनाउनुभयो ।
कार्यक्रममा सिद्धार्थनगर नगरपालिका वडा २ का वडा सदस्य कन्चन थापा मगरले आयआर्जनमा महिलाको सहभागिता महत्वपूर्ण रहेको बताउनुभयो ।
सिलाई कटाई तालिम कार्यक्रममा २० जना महिलाहरुको सहभागिता रहेको र कार्यक्रम जेष्ठ १ गते देखि ३० गते सम्मका सञ्चालन हुने आयोजकले जनाएको छ ।