झब्बर यादव
सिद्धार्थनगर, १ जेठ । लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर २ मा पर्ने भगतपुरवामा श्री राम जानकी मन्दिर को शिलान्यास गरिएको छ ।

वडा नम्बर २ स्थित भगतपुरवा टोलमा जेठ १ गते सोमवार भएको शिलान्यासमा क्षेत्र नम्बर ४ का विधायक कन्हैया बनियाँले गरेका हुन् । उक्त शिलान्यास कार्यक्रममा लुम्बिनी साँस्कृतिक नगरपालिकाका उपाध्यक्ष कल्पना हरिजन, वडा नम्बर २ का अध्यक्ष इनामुल्लाह फकिर, वडा सदस्य भोला बनियाँ, त्रिभुवन अहिर, अनारी हरिजन स्थानीय समाजसेवी टोलवासी लगायतको उपस्थितिमा शिलान्यास कार्य सुसम्पन्न भएको छ ।