logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    तत्काल शुल्क फिर्ता र निर्णयको प्रतिलिपि सार्बजनिक गरिनुपर्ने माग ः नेविसघ


    ३ जेष्ठ २०८० , बुधबार

    तत्काल शुल्क फिर्ता र निर्णयको प्रतिलिपि सार्बजनिक गरिनुपर्ने माग ः नेविसघ

    श्यामबदन हरिजन

    त्रिवेणी, ३  जेठ । केही दिन अगाडि प्रतापपुर गाउँपालिकाले  शिक्षा सुधार तथा शिक्षाप्रति रुचि बढाउनको लागि स्नातक प्रथम तहमा अध्यनरत छात्राहरुलाई निःशुल्क साईकल वितरण गरेकोमा गाउँपालिका, कार्यपालिका लगायत सबैमा उच्च सम्मान तथा हार्दिक आभार प्रकट नेपाल विद्यार्थी संघ त्रिभुवन क्याम्पस ईकाई समितिले गर्दै मनोमानी रुपमा उठाएको रकमको घोर आपति समेत जनाएको छ ।

    ७ वर्ष पूर्व हुँदै नभएको निर्णयलाई आधारमानी सिफारिस बापत रु ५ सय शुल्क विद्यार्थीबाट असुल गरेकोमा नेपाल विद्यार्थी संघले आपति प्रकट गर्दै  यथासिघ्र उक्त रकम  विद्यार्थीहरुलाई फिर्ता गर्न जोडदार माग गरिएको नेविसंघ का ईकाई सभापति ब्यासमुनी कुशवाहा द्वारा हस्ताक्षरित बिज्ञप्तीमा उल्लेख गरिएको छ । निर्णय विना लिएको शुल्कको निर्णयको प्रमाणिति प्रतिलिपि सार्बजनिक गर्न माग समेत गरिएको छ । साथै क्यूएए सम्बन्धमा क्याम्पसले आधारहिन तथ्य सम्बन्धका लागि विश्वविद्यालय अनुदान आयोगमा गलत विवरण आफैले भर्ने अनि अन्य सस्थालाई दोष देखाई पानी माथि ओभानो बन्ने कार्यलाई तुरुन्त बन्द गर्न विज्ञप्तीमा उल्लेख गरिएको छ । क्यूएए प्राप्ति नभए सोको सम्पुर्ण जिम्मेवारी वर्तमान क्याम्पस प्रमुख र प्रशासन हुने यसै बिज्ञप्ती द्वारा जानकारी गराएको विज्ञप्तीमा उल्लेख गरि पेश गरेको जनाएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.