झब्बर यादव
मर्चवार, ४ जेठ । रुपन्देहीको मर्चवारी गाउँपालिकामा विकास निर्माणका कार्यहरु तीब्र गतिमा भइरहेको छ ।

मर्चवारी गाउँपालिका सात वटा वडा मिलि बनेको छ । सातै वटै वडाहरुमा भाौतिक पूर्वाधार विकास निर्माणका कार्यहरु धमाधम भइरहेको गाउँपालिका अध्यक्ष गया प्रसाद बरईले बताएका छन् । यी निर्माण कार्यहरुमा केही गाउँपालिका स्तरीय योजना रहेको छ भने केही वडा स्तरी योजना रहेको बताएका छन् ।

गाउँपालिका स्तरी र वडा स्तरीय योजना मध्ये हाल सम्म ९२ वटा योजनामाथि सम्झौता भएको छ । पालिका स्तरीय र वडा स्तरीय सबै योजनाहरु यही आर्थिक वर्ष मै पुरा गर्ने सोचका साथ कार्यहरु गर्न निरन्तरता दिएको र छिटो भन्दा छिटो योजना अनुसारका सबै कार्य सम्पन्न गर्ने गाउँपालिकाका अध्यक्ष बरईले बताएका छन् ।

गाउँपालिका स्तरीय र वडा स्तरीय योजनामा विभिन्न किसिमका कार्यहरु भइरहेका छन् । गाउँपालिकाको सात वटै वडामा पी.सि.सि ढलान, कालोपात्रो निर्माण, खानेपानी ह्याण्डपम्प जडान, वोरिङ् जडान, विद्युत्त पोल जडान, नाली निर्माण, ग्रावेल सडक निर्माण तथा मर्मत, भवन निर्माण, ट्रान्सफर्म जडान जस्ता कार्यहरु भई रहेको गाउँपालिका योजना शाखा प्रमुख दिनेश प्रसाद यादवले जनाएका छन् ।

गाउँपालिकाले गरेको सम्झौतामा केही कार्यहरु टुङ्गो लागि सकेको र २० वटा योजनाको भुक्तानी भईसकेको ,केही कार्यहरु अनुगमन गरी भुक्तानी प्रक्रियामा र केही भईरहेका गाउँपालिका योजना शाखा प्रमुख यादवले बताएका छन् ।