logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    आफ्नो सीप र क्षमतालाई देशमै लगानी गर्न रजौरियाको आग्रह


    ११ जेष्ठ २०८० , बिहिबार

    आफ्नो सीप र क्षमतालाई देशमै लगानी गर्न रजौरियाको आग्रह

    शहबाज खान
    कपिलवस्तु , ११ जेठ । काठमाडौँको कोटेश्वरमा नेशनल हेल्थ फाउण्डेशन काठमाडौँले सातौँ वार्षिक कार्यक्रम जेठ ६ गते शनिवार गरेको छ ।
    नेशनल हेल्थ फाउण्डेशन काठमाडौँद्वारा आयोजित कार्यक्रममा नेशनल हेल्थ फाउण्डेशन काठमाडौँका अध्यक्ष प्रकाश रजौरियाले विद्यार्थीहरु विदेशिने क्रम रोकिनु पर्ने बताएका छन् । यहाँका विद्यार्थीहरुका लागि नेपालमै उच्च शिक्षा र रोजगारीको सिर्जना गरिनुपर्नेमा जोड दिएका थिए ।
    अध्ययनका लागि विदेशिने विद्यार्थीहरु आफ्नै देशमा अध्ययन पुरा गर्ने, रोजगारीको लागि विदेशिने विद्यार्थीहरुलाई आफ्नै देशमा नै प्राविधिक शिक्षा अध्ययनको व्यवस्था हुनुपर्ने रजौरियाको भनाई रहेको थियो । विद्यार्थीहरुलाई आफ्नै देशमा नै रोजगारी सिर्जना गरि स्वरोजगार बन्न प्रेरित गर्न आवश्यक रहेको रजौरियाले जिकिर समेत गरेका थिए ।
    नेपालबाट कुनै पनि हालतमा विद्यार्थीहरु विदेश जाने क्रम रोक्नुपर्छ । विद्यार्थी देशको भविष्य भएको बताउँदै विद्यार्थीहरु विदेशिने क्रम नरोकिएमा देश धरापमा पर्ने चिन्ता समेत व्यक्ति गरेका थिए ।
    रजौरियाले विद्यार्थीलाई स्वदेशमै अध्ययन गरेर, स्वदेशमै काम गर्नुपर्ने भन्दै विद्यार्थीहरुको हरेक समस्यामा आफू साथ र सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । देशका युवा अध्ययनको शिलशिला विदेश जादाँ विभिन्न कारणले उनीहरु काम गर्न बाँध्य भएको देखिन्छ । रोजगारका लागि पनि विदेश जाने क्रम देखिन्छ । यस्ता विदेशिने प्रवृतिको अन्त्य हुनुपर्ने रजौरियाले जनाएका थिए ।

    रजौरियाले विद्यार्थीहरुलाई आफ्नो अध्ययन पुरा गरी स्वदेशमै काम गर्नुपर्ने र आफू संग भएको सीप र क्षमतालाई देशमै लगानी गर्न आग्रह गर्दै आँट र हिम्मत नहारी स्वदेशमै रोजगारमुलक कार्य गर्नु पर्ने जनाएका थिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.