logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    ओमसतिया–५ को वार्ड कार्यालय शिलान्यास कार्यक्रम


    ११ जेष्ठ २०८० , बिहिबार

    ओमसतिया–५ को वार्ड कार्यालय शिलान्यास कार्यक्रम

    पशुपति यादव
    रोहिणी, ११ जेठ । रुपन्देहीको ओमसतिया गाउँपालिका वार्ड नम्बर ५ को कार्यालय एक कार्यक्रम विच शिलान्यास भएको छ ।

    जीर्ण अवस्था रहेको वार्ड कार्यालयलाई भत्काई समयानुसाको वार्ड कार्यालय निर्माण गर्न लागेको वार्डले जनाएको छ ।
    ओमसतिया गाउँपालिकाका अध्यक्ष मन्जित यादव (सोनु) को करकमल र बैदिक विधि विधान पुजा अर्चना गरी भवनको शिलान्यास कार्य सम्पन्न भएको थियो भने कार्यक्रमलाई संबोधन गर्दै कृषि, शिक्षा, स्वास्थ्य, र भौतिक पूर्वाधारको कार्यहरु बदलिदो समय अनुसार फरक ढङ्गले जनचाहनानुसार कर्मचारी र जनप्रतिनिधिहरुको सरसल्लाह र सहयोगमा कार्य अगाडि बढेको यादवले बताएका छन् । भुकम्प प्रतिरोधात्मक भवन निर्माणको कार्य अघि बढेको र दुई तल्ले थाम्न सक्ने क्षमता समेत रहेको बताए । यस भवनको अनुमानित लागत एक करोड उन्नाइस लाख भ्याट पि.एस.कन्टेन्जेन्सी सबै सहितको अनुमान गरिएको यादवको भनाई रहेको थियो । पाँच कोठा र महिला पुरुषको लागि छुट्टा छुट्टै शौचालय र स्नान घर समेत बनाउने अध्यक्ष यादवले जनाकारी गराएका थिए ।


    ओमसतिया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विपिन क्षेत्रीले प्राविधिक अध्ययन अनुसन्धान समय बदलिदो परिवेश अनुसार भुकम्प प्रतिरोधात्मकको हिसावले निर्माण हुने क्षेत्रीले बताए ।
    ओमसतिया गाउँपालिका वडा नम्बर ५ को वार्ड अध्यक्ष मदन पोखरेल यो वार्ड कार्यालयको भवन प्रविधिक मापदण्ड अनुसार नै निर्माण कार्य अगाडि बढेको र वोलपत्र अहवान अनुसार आरम्भ भएको छ । इनफाइस्ट्रकचर कम्पनी प्रा.लि २०७९ साल चैत महिनामा सम्झौता भए अनुसारको कार्य अघि बढेको आफू वार्ड अध्यक्षको नाताले पनि भवन निर्माणमा निगरानी र गुणस्तरमा विशेष ध्यान रहने वडा अध्यक्ष पोखरेलको भनाई रहेको थियो ।
    शिलान्यास कार्यक्रममा लेखा शाखाका प्रमुख कमल शर्मा, ईन्जिनियर निर्मला थापा, कृषि संयोजक केशव चौधरी, पशु शाखा प्रमुख सतिश रसइली, प्रविधिक सागर पाण्डे, सब इन्जिनीयर तिलक भण्डारी, ओमसतिया आधारभूत विद्यालयका प्रधानाध्यापक रामविनोद चौधरी लगायतको उपस्थितिमा वार्ड कार्यालयको शिलान्यास कार्यक्रम सम्पन्न भएको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.