logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    बेलहिया नाका दैनिक रिपोर्ट


    १२ जेष्ठ २०८० , शुक्रबार

    बेलहिया नाका दैनिक रिपोर्ट

    ईरसाद अहमद खाँन (बच्चन)
    बेलहिया, १२ जेठ । नेपालको भन्सार कार्यालय मध्ये दोस्रो ठूलो भन्सार कार्यालय बेलहिया हो । यहाँ दैनिक करोडौँको आर्थिक कारोवार हुने गर्दछ । यस क्षेत्रमा भन्सार कार्यालय, अध्यागमन कार्यालय र सुरक्षाकर्मीहरु उपस्थित रहेको छ । भैरहवा भन्सार कार्यालयको मार्ग हुदँै दैनिक रुपमा सयौँ दुई पाङ्ग्रे, चार पाङ्ग्रे र मालबाहक कन्टेनरहरु नेपाल भित्रिने गर्दछन् । लुम्बिनी खबरको स्थलगत रिर्पाेटिङका क्रममा जेठ ११ गते बिहिवार यस नाका हुदैं भारतीय कार, मोटरसाइकल र बस पर्यटक बोकेर ३८० नेपाल तर्फ भित्रिएका छन् । भारतीय कार, मोटरसाईकल भन्सार सुविधा भएर नेपाल भित्रिएको ५५७ रहेको भैरहवा भन्सार कार्यालयले जनाएको छ । जेठ ११ गते बिहिबार साँझ सम्मको रिपोटिङका क्रममा ४३४ वटा मालबाहक कन्टेनरहरु भैरहवा भन्सार कार्यालय भित्र प्रवेश गरेका छन् भने ३९९ मालबाहक कन्टेनरहरु भन्सार भएर नेपाल तर्फ प्रवेश भएको देखिन्छ । अध्यागमन कार्यालय बेलहियाका अनुसार विभिन्न ११ देशबाट १८ जना पर्यटक भारतीय मार्ग हुदैँ नेपालमा प्रवेश गरेका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.