logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    अरूणा डिस्टिलरीको दुर्गन्धित पानीले ५ लाख बराबरको माछा मरे


    १४ जेष्ठ २०८० , आइतबार

    अरूणा डिस्टिलरीको दुर्गन्धित पानीले ५ लाख बराबरको माछा मरे

    ज्ञानेश्वर सहानी
    नवलपरासी, जेठ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा न. १७ स्थित पटखौलीमा रहेका अरूणा डिष्टिलरीबाट निस्केका पानी माछा पोखरीमा पस्दा पोखरीमा रहेका ५ लाख बराबरको माछा मरेको छ ।
    रामग्राम स्थित पटखौलीमा रहेका अरुणा डिष्टिलरी उद्योगका दुर्गन्धित पानी माछा पालन गरेको पोखरीमा पस्दा आईतवारदेखि माछा मर्न थालेका हुन । फागुन महिनामा पोखरीमा माछाको बच्चा राखिएको थियो अरुणा डिष्टिलरी उद्योगबाट निस्किएका दुर्गन्धित पानी पोखरीमा पस्दा पोखरीको माछाको भटाभट मर्न थालेको माछापालक किसान विज्ञान सिँहले बताए ।
    उनका अनुसार रामग्राम नगरपालिका वडा नं १७ स्थित पटखौलीमा ३ कठ्ठा जग्गमा माछा पालनको लागि पोखरी निर्माण गरिएको थियो । पोखरीमा प्रति माछा १ किलो बराबरको माछा तयार भईसकेका थिए । उक्त पोखरीमा अरूणा डिष्टिलरीको दुर्गन्धित पानीको उचित ब्यवस्थापन नहुंदा माछा पोखरीमा पानी पस्दा माछा मरेका हुन ।
    यस्तै प्रत्येक वर्ष अरुणा डिष्टिलरीका पानीका कारण पशु पंन्छी लगायत खेतमा रहेका अन्न बाली समेतमा प्रत्येक वर्ष क्षति हुने गरेको छ । गत वर्ष अरूणा डिष्टिलरीका दुर्गन्धित पानीका कारण रामग्राम वडा न. १७ का स्थनिय नमिन्द्र यादवको २ वटा भैँसीको मृत्यु भएको थियो । उक्त भैँसीको मृत्यु पश्चात डिष्टिलरीकाको विरोध गर्दा अरूणा डिष्टिलरीका सम्बन्धि ब्यक्तिले २७ हजार रुपैयामात्र दिएर धमधमाएका थिए ।
    अरूणा डिष्टिलरीका सञ्चालक लुम्बिनी प्रदेश सभा सदस्य बैजनाथ जैसवाल हुन् । उनले दादागिरी शैलीमा किसानलाई दुःख दिने गरेको स्थानीयले गुनासो गरेका छन् । विज्ञान सिँहले भने हामीलाई केही पैसा दिई अन्य कतै हल्लाखल्ला नगर्न र कानुनी प्रकृया नजान धम्की दिए ।
    प्रदेश सभा सदस्य एवम् उद्योगपति जैसवालले भने आफ्नो उद्योगका कारण माछा नमरेको दावी गरे । जैसवालले भने – केहीबर्ष अगाडि स्थानीयको व्यापक विरोध पछि उद्योगमा हामीले अत्याधुनिक फिल्टर प्लान्ट जडान गरेका छौं । माछा मरेको कुरा सत्य हो तर, उद्योगको प्रदुषित पानीको कारण होइन् ।
    जैसवालले आफूमाथि राजनीतिक प्रतिशोध साँध्नका लागि नचाहिने आरोप लगाएको बताए । जैसवालले उद्योगबाट कुनै प्रदुषण नफालेको दावी गरे पनि स्थानीयले भन दुर्गन्ध व्यापक रहेको बताए ।
    पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले यस विषयमा आफूलाई जानकारी नभएको बताए । उनले अधिकांश उद्योगले प्रदुषण फैलाएको भन्दै गुनासो आएको बताउँदै आफूहरुले सबै उद्योगी व्यवसायीहरुलाई बोलाएर छलफल गरी अनुगमन गर्ने तयारी गरिरहेको बताए !

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.