असलम खाँन
मर्चवार, जेठ । रुपन्देहीको मर्चवारी गाउँपालिकामा आँखा उपचार केन्द्रको शाखा स्थापना गरिएको छ ।
आँखाको कुनै पनि समस्या भए भैरहवा धाउनपर्ने बाध्यताको अन्त्य गर्नका लागि स्थानीयस्तरमा आँखा सम्बन्धी सेवा प्रदान गर्न मर्चवारी गाउँपालिकामा–२ अमवामा आँखा उपचार केन्द्रबाट सेवा सुरु गरिएको हो । नेपाल नेत्र ज्योति संघ लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर र मर्चवारी गाँउपालिकाको सहकार्यमा आँखा उपचार केन्द्र स्थापना गरिएको लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ता, नेपाल नेत्र ज्योति संघ लुम्बिनी प्रदेशका सभापति सागर प्रताप राणा र मर्चवारी गाँउपालिका अध्यक्ष गया प्रसाद बरईले संयुक्त रूपमा आँखा उपचार केन्द्रको उद्घाटन गरेका हुन ।
लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर शाखा आँखा उपचार केन्द्र मर्चवारी गाउँपालिका वडा नम्बर अमवामा उद्घाटन भएको छ । आँखा उपचार केन्द्रका सभा अध्यक्ष मर्चवारी गाउँपालिका अध्यक्ष गया प्रसाद बरई, प्रमुख अतिथि लुम्बिनी प्रदेश समाजिक विकास मन्त्री चन्द्रकेश गुप्ता, विशिष्ट अतिथि नेपाल नेत्र ज्योति संघका केन्द्रीय उपाध्यक्ष तथा लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्था तथा रिसर्च सेन्टरका सभापति सागर प्रताप राना, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मिनप्रसाद भट्टराई, उपाध्यक्ष आशा सिंह, गाउँपालिका स्वास्थ्य शाखा प्रमुख फेकन शाह, रुपन्देही जिल्ला समन्वय समिति सदस्य राजमन हरिजन, समिम खान लगायतको उपस्थितिमा उदघाटन कार्यक्रम सम्पन्न भएको थियो ।