असलम खाँँन
मर्चवार, १५ जेठ । रुपन्देहीको मर्चवारी गाउँपालिकामा गणतन्त्र दिवसको अवसरमा दिप प्रज्जवलन कार्यक्रम जेठ १५ गते सोमवार सम्पन्न भएको छ।
गणतन्त्र दिवसको अवसरमा मर्चवारी गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारी द्वारा गाउँपालिकाको प्रशासनिक भवनमा दिप प्रज्जवलन गरी गणतन्त्र दिवस मनाइएको हो।

दिप प्रज्जवलन कार्यक्रममा मर्चवारी गाउँपालिका अध्यक्ष गया प्रसाद बरईले गणतन्त्रात्मक व्यवस्थाबाट भएको उपलब्धीलाई संस्थागत गर्नु नै १० वर्षे जनयुद्ध र १९ दिने आन्दोलन बाट बनेको संविधान सबै राजनीतिक दलको साँझा एजेण्डा रहेको कारणले नै संस्थागत संरक्षण गर्नु सबैको दायित्व रहेको गया प्रसाद बरईको भनाई रहेको थियोे।
गणतन्त्र दिवस दिप प्रज्जवलनको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष आशा सिंह, वडा नम्बर १ का वडा अध्यक्ष कृष्णकुमार सिंह, २ का वडा अध्यक्ष शाशिदयाल चौधरी, ३ का वडा अध्यक्ष जनारदन यादव, ४ का वडा अध्यक्ष ओमप्रकास चौधरी, ५ का वडा अध्यक्ष कृष्ण कुमार सिंह, ६ का वडा अध्यक्ष रामसेवक खरबिन्द, ७ का वडा अध्यक्ष गनेश चौधरी, स्वास्थ्य शाखा प्रमुख फेकन शाह लगायत अन्य सदस्य तथा कर्मचारीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियोे ।