सावित्री घिमिरे
भैरहवा, १६ जेठ । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको मानव सेवा आश्रम दिनदुःखीको चहर्याइ रहेको घाउमा मलम पट्टि बनेको छ।
यस आश्रममा बालबालिका, बृद्ध ,महिला, पुरुष, असहाय, अपाङ्ग मानसिक तनाव भएका ,घरबार विहिन र वेवारिसे गरेर जम्मा १५३ जना आश्रित रहेको कुरा लुम्बिनी प्रदेश कोडिनेटर सरु अधिकारीले जानकारी दिइन् । जस मध्ये महिला ६३ जना, वालवालिका ५० जना र पुरुष ७७ जना रहेको पाइयो ।

विशेष गरी यस आश्रममा कस्ता खाले व्यक्तिहरु आस्रित छन् भन्ने प्रश्नगर्दा अधिकारीले भनिन्, यस आश्रममा ११० जना मानसिक रोगी (औषधि सेवन गर्नु पर्ने ), ३ जना दृष्टि विहिन महिला पुरुष गरेर १२ जना अपाङ्ग रहेको कुरा उनले बताइन् ।
यस आश्रममा १५ जना सेवाको लागि खटिएका कर्मचारी र दुई जना स्वयं सेवक कर्मचारी गरी जम्मा १७ जना रहेका छन् ।
यस आश्रममा आश्रित जुन कोही दुःखी व्यक्तिहरू पनि यस आश्रममा छिरेपछि सबै खुशि र सुखी रहने कुरा उनी बताउछिन् । यस आश्रमको सेवा सुविधा दैनिक खाजा ६ हजार बराबरको र दैनिक खाना खर्च १० हजार बरावरको दिने गरिएको छ ।
यसको व्यवस्थापन स्थानीय र प्रदेश सरकारको २५५ सहयोगमा अरु ७५५ विभिन्न संघ ,सस्था र व्याक्तिगत सहयोग जुटाएर यस आश्रमको व्यवस्थापन गरेको कुरा प्रस्ट पारिन् ।
यसै क्रममा सिद्धार्थनगर नगरपालिका वाड नम्बर ७ निवासी ६८ वार्षिय पदमा उपाध्यायलाई गास बास र कपासको व्यवस्था मिलाइदिन अनुरोध गर्दै भैरहवाको एक समाज सेवी टोलिले मानव सेवा आश्रममा बुझाएको छ ।
उक्त ६८ बर्शिया पदमा उपाध्याय विगत केही वर्ष देखि आफ्नो दाजुसँग सिद्धार्थनगर नगरपालिका वार्ड नम्बर ७ मा बस्दै आएकी थिइन । दाजु एक्कासी विरामी परे र उनको मृत्यु भयो । बहिनी एक्लै बस्दै आएकि थिइन् ।
पदमा दाजुले आफू बसेको घरपनि अर्कैको नाममा पास गरि सकेका रहेछन । दाजुले पनि लागू पदार्थ सेवन गरिरहने भएकोले आफ्नी बहिनीको नागरिकता समेत बनेको थिएन । उनका दाजुले खान लाउन राम्रो सँग नदिने गाली गलोच गर्ने, कुटपिट गर्ने जस्ता अमानवीय कृयाकलाप गर्ने गर्थे ।
दाजुको मृत्युपछि पदमा लाई उनी वसेको घरबाट निकाला गरियो । उनी वेवारिसे जस्तै भएकी थिइन उनी आज ६८ वर्ष सम्म पनि कुमारी नै छन् ।
अहिले सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ निवासी सावित्री घिमिरे को संयोजकत्वमा एक टोलीले उनलाई मानव सेवा आश्रममा पुर्याएको छ । यतिका दिनसम्म निराशा देखिएको पदमाको अनुहारमा आज खुशीयाली देखिएको छ ।
सोही अवसरमा, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरिक्षक विष्णु प्रसाद अर्यालको टोलिले यस कार्यमा ठूलो सहयोग पुर्याएको छ ।अर्यालले भने यस्ता कैयौं घटनाहरूको हामीले सत्य तत्थ्य विवरण खोजी छानबिन गरी आफुले सकेको सहयोग गर्दै आएका छौँ । हामी दिन रात नभनी खटिएर काम गरिरहेका छौं । हामीलाई समयको पावन्दी छैन । जतिवेला जे काम आइपर्छ त्यही काम गर्न तत्पर रहेका छौं र यस्ता अन्य घटनाहरू कतै घटेको थाहा पाएमा हामी मिडिया लगायत अन्य जुनसुकै संघ संस्थाहरु सँग पनि समन्वय गरी काम गर्न सधैँ तत्पर रहने छौँ भन्ने कुरा अर्यालले बताए। साथै बेसाहारा बनेकी पदमाको सिद्धार्थनगर नगरपालिका रुपन्देही वरिष्ठ समाज सेवी ज्ञानु पौडेल र महिला अधिकार कर्मी मिनाको पहलमा सावित्री घिमिरेको संयोजकत्वमा प्रहरी उपरीक्षकको एक रोली र पदमाको छिमेकी माया गुरुङको सहयोगमा यो कार्य सम्पन्न भएको छ।सबै दीनदुःखीहरुको सेवामा तत्पर मानब सेवा आस्मश्र लाई साधुवाद।