एलिना आचार्य
“मेरो क्लब बलीयो क्लब” भन्ने मूल नारा सहित अगाडि बढेको लायन्स क्लब अफ सिद्धार्थनगर लेडी युथले आर्थिक सहयोग गरेको छ । विन्दवासीनी आधारभूत विद्यालय, गोनहिया कक्षा ४ मा पर्ने अंकिता यादवलाई क्लबले सहयोग गरेको हो । जन्मदेखि नै यादवको मुखमा समस्या भएका कारणले गर्दा राम्ररी खाना र पिउन पाएकी छैनन् । उनको यही समस्याको उपचारको लागि आर्थिक सहयोग स्वरुप क्लबले नगद रु ३५ हजार र खाद्यन्न सामाग्री उपलब्ध गराएको छ । क्लबमा आवद्ध पदाधिकारीहरुको सहयोगमा उक्त रकम अकिंताको परिवारलाई हस्तान्तरण गरीएको हो ।
आर्थिक रुपमा विपन्न भएकै कारणले गर्दा अंकिताको परिवारले उनको उपचार गर्न असमर्थ भएको हो । क्लबको सहयोगले केही राहता भएको अंकिताको परिवारको भनाई । आगामी दिनमा समेत क्लबले सहयोग गर्ने क्लबका निर्वतमान अध्यक्ष तनु शर्मा कशौधनले बताइन् ।
लायन निपा क्षेत्री र लायन तनु शर्मा कसौधनले उक्त सहयोग हस्तारण गरेको हो । क्लबले विभिन्न समयमा यस्ता कार्यक्रमको आयोजन गरी सहयोगको अवश्यक्ता भएका व्यक्तिहरुलाई सहयोग गर्दै आएको छ ।