logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    गैडहवा गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता लिनेको संख्या ५ हजार भन्दा कम


    १९ जेष्ठ २०८० , शुक्रबार

    गैडहवा गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता लिनेको संख्या ५ हजार भन्दा कम

    झब्बर यादव
    सिद्धार्थनगर, १९ जेठ । रुपन्देहीको गैडहवा गाउँपालिकाले लाभान्वित वर्गका आधारमा सामाजिक सुरक्षा भत्ता लिनेको संख्या ५ हजार भन्दा कम रहेको छ ।
    रुपन्देही जिल्लामा पर्ने गैडहवा गाउँपालिकाले आर्थिक वर्ष ०७९।८० अनुसार लक्षित वर्ग समुहका लागि सामाजिक सुरक्षा भत्तामा १३ करोड ३९ लाख ६९ हजार बजेट विनियोजन गरिएको छ । लक्षित समुहमा विभिन्न किसिमका वर्ग रहेका हुन्छन त्यसै अनुसार सामाजिक सुरक्षा भत्ता दिएको पञ्जीकरण शाखा प्रमुख सहस राम यादवले जानकारी दिनुभयो । अन्य जेष्ठ नागरिक भत्ता, जेक्ष्ठ नागरिक भत्ता (दलित), जेष्ठ नागरिक एकल महिला भत्ता, विधवा भत्ता, पूर्ण अपाङ्ग भत्ता, अतिअशक्त अपाङ्ग भत्ता, दलित बालबालिका भत्ता, लोपोन्मुख जाति समुहका आधारमा सामाजिक सुरक्षा भत्ता दिदै आइरहेको पञ्जीकरण शाखा प्रमुख यादवले बताउनुभयो । गत आर्थिक वर्ष ०७८÷७९ बाट नवीकरण ३ हजार ८ सय ८९ भएको थियो । आर्थिक वर्ष ०७९÷८० को पहिलो त्रैमासिक विभिन्न लक्षित समुह मिलाएर ५२२ जना नयाँ थप भएको र २९ वटा लागत कट्टी गरी ४ हजार ३ सय ८२ जना रहेको जानकारी दिनुभयो ।
    दोस्रो त्रैमासिकमा नयाँ थप संख्या ९५ र लागत कट्टी संख्या ८६, तेस्रो त्रैमासिकमा नयाँ थप संख्या १४२ र लागत कट्टी ५०, त्यसै गरी चाँैथो त्रैमासिक नयाँ थप ९२ जना लागत कट्टी २६ गरी हाल ४ हजार ५ सय ४९ जना रहेको पञ्जीकरण शाखा प्रमुख यादवले बताउनुभयो । जसमा पुरुषको संख्या २ हजार ४ र महिलाको संख्या २ हजार ५ सय ४४ स्रोतले जनाएको छ । आर्थिक वर्ष ०७९।८० मा सामाजिक सुरक्षा भत्ताका लागि विनियोजन रकम तेस्रो किस्ता सम्म १२ करोड १६ लाख ९३ हजार ७ सय ३९ वितरण गरिसकेको पञ्जीकरण शाखाले जनाएके छ ।
    सामाजिक सुरक्षा लाभान्वित वर्ग भत्ता प्राप्त गर्न मापदण्ड अनुसार योग्य, उमेर र अवस्था हुनुपर्ने जानकारी बताउनुभयो । ६८ वर्ष पुगेका जेष्ठ नागरिककालाई ४ हजार , ६० वर्ष अन्य जेष्ठ नागरिक (दलित), विवाह नगरी ६० वर्ष उमेर पुगेका महिला, सम्बन्ध विच्छेद गरी बसेका ६० बर्षिय र पतिको मृत्यु भएको जुन सुकै उमेरका लाई २६६० मासिक भत्ता दिदै आइरहेको छौँ । पूर्ण अपाङगता र लोपोन्मुख आदिवासी जनजातिलाई मासिक भत्ता ३९९०, अति अशक्त अपाङगता भएका व्यक्तिलाई २१२८ र दलित परिवारका ५ वर्ष उमेर नाघेका एउटै आमावाट जन्मिएका २ वटा सन्तानलाई मासिक भत्ता ५३२ दिने तथ्याङ्कले देखाएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.