logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    पत्रकारहरुको दुर्घटना बीमा प्रदेश सरकारले गर्ने ः मन्त्री पाण्डेय


    १९ जेष्ठ २०८० , शुक्रबार

    पत्रकारहरुको दुर्घटना बीमा प्रदेश सरकारले गर्ने ः मन्त्री पाण्डेय

    कमल रायमाझी

    सिद्धार्थनगर, १९ जेठ । लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्री सन्तोषकुमार पाण्डेयले पत्रकारिता क्षेत्रको बृद्धि, विकाससँगै पत्रकारहरुसँग सहकार्य गरेर सरकार अघि बढ्ने बताउनु भएको छ । उहाँले पत्रकारितासँग सरोकार राख्ने सबै क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउँदै समग्र संचार जगतलाई विकास गर्न सरकार कटिबद्ध रहेको जनाउनुभयो ।
    लुम्बिनी प्रेस क्लबले बुधबार भैरहवामा आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै लुम्बिनी सरकारका प्रवक्ता समेत रहेका मन्त्री पाण्डेयले पत्रकारहरुसँग सहकार्य गर्दै ऐन, नियम बनाउँदै संचारमाध्यमलाई व्यवस्थित बनाउने जनाउनुभयो । उहाँले संचार क्षेत्रसँग सम्बन्धित कतिपय ऐन, नियम र कानून नबनेको जनाउँदै त्यस्तो कार्यलाई छिटो पूर्णता दिने बताउनुभयो । ‘ऐन, नियम बनेमा संचार क्षेत्र व्यवस्थित हुन्छ, यसका लागि सबै पत्रकारहरुसँग सहकार्य र सल्लाह सुझाव लिएर मैले काम गर्ने छु, प्रदेश सरकारले काम गर्ने छ’, उहाँले भन्नुभयो ।
    आफू संचारमैत्री ऐन, कानून बनाउन कटिबद्ध रहेको उहाँले बताउनुभयो । उहाँले आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि पत्रकारहरुको दुर्घटना बीमा रिन्यू गर्ने प्रक्रिया अघि बढाएको बताउनुभयो । ‘रिन्यू नहुँदा दुर्घटना विमाको काम रोकिएको थियो, मैले सचिवलाई निर्देशन दिएर प्रक्रिया अघि बढाएको छु, छिट्टै टुंगिन्छ’, उहाँले भन्नुभयो । मन्त्री पाण्डेयले लुम्बिनी प्रेस क्लबमा आबद्ध पत्रकारहरुको क्षमता विकासका लागि सरकारले सहयोग गर्ने जनाउनुभयो ।
    मन्त्री पाण्डेयले लुम्बिनी सरकारले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने गरी योजना बनाएर अघि बढ्न लागेको बताउनुभयो । स्थानीय उत्पादनलाई ब्राण्डिङ गरेमा बजार चलायमान हुने उहाँको भनाई रहेको छ ।
    लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का युवा नेता समेत रहेका मन्त्री पाण्डेले लुम्बिनीका माध्यमबाट प्रदेशलाई समृद्ध गराउनेतर्फ पनि सरकार लागिपरेको जनाउनुभयो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.