logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    तिलोत्तमामा भौतिक पूर्वाधार विकास निर्माण कार्य तिव्र गतिमा


    १९ जेष्ठ २०८० , शुक्रबार

    तिलोत्तमामा भौतिक पूर्वाधार विकास निर्माण कार्य तिव्र गतिमा

    रुविना थापा
    मायादेवी, १९ जेठ । तिलोत्तमा नगरपालिकामा भौतिक पूर्वाधार निर्माण कार्य तिव्र गतिमा भई रहेको छ ।
    तिलोत्तमा नगरपालिकाले आर्थिक वर्ष ०७९।०८० अनुसार भौतिक पूर्वाधार विकास निर्माण कार्यका लागि ८० करोड ६६ हजार बजेट विनियोजन भएको थियो ।
    विकास निर्माणमा सिचाई तथा भवन निर्माण, आवास तथा सहरी, उर्जा लघु तथा साना जल विद्युत र बैकल्पिक उर्जा, स्थानीय सडक तथा पुल निर्माण जस्ता क्षेत्रहरुमा विकासका कार्यहरु दु्रतगतिमा अगाडि बढेको योजना शाखा प्रमुख पशुपति खनालले जानकारी दिनुभयो । विकास निर्माणको कार्यमा साढे ५ सय भन्दा माथि उपभोक्ता समिति गठन गरी ३४ वटा टेन्डरमा कार्य भइरहेको इन्जिनियर प्रदीप वनले जनाएको छ ।
    भौतिक पूर्वधार निर्माणमा शीर्षक अनुसार ७० प्रतिशत कार्यहरु सम्पन्न भएको तिलोत्तमा नगरपालिकाका सूचना शाखाले जानाएको छ । उपभोक्ता समिति गठनमा वडापालिकाका भवनहरु ६, १४ नं. वडाका भवनहरु निर्माण कार्य भइरहेको छ र १५ सैया अस्पताल निर्माधिन भइरहेको तर केही अपुग बजेटको कारण निर्माण कार्य सफल हुन नसको अधिकृत खनालले बताउनु भएको छ ।
    १७ करोड भुक्तानी माग गरेकोमा जम्मा ५ करोड मात्र भुक्तानी भएको तिलोत्तमा नगरपालिकाको गुनासो छ । नगरलाई सफा, सुन्दर र विकासमा अगाडि बढाउनको लागि नगरपालिकाका जनप्रतिनिधिहरु संधै तत्पर रहेको बेला भनेजति बजेट भुक्तानी नहुँदा समस्या परेको नगरपालिका सूचना शाखाको भनाई रहेको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.