logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    सुस्ता गाउँपालिकाको बार्षिक कार्यप्रगति सार्वजनिक कार्यक्रम


    १९ जेष्ठ २०८० , शुक्रबार

    सुस्ता गाउँपालिकाको बार्षिक कार्यप्रगति सार्वजनिक कार्यक्रम

    श्यामबदन हरिजन
    त्रिवेणी, १९ जेठ । पश्चिम नवलपरासी सुस्ता गाउँपालिकाले एक बर्षको अवधीमा भएको कार्यप्रगती समिक्षा कार्यलाई पत्रकार सम्मेलन जेठ १७ गते बुद्धबार आयोजना गरी सार्वजनिक गरेको छ ।
    सुस्ता गाउँपालिका अध्यक्ष टेक नारायण उपाध्यायले सुस्ता गाउँपालिकामा सामाजिक सुरक्षाका छोरी सुनौलो भविष्य योजना कार्यक्रम सन्चालनमा ल्याइएको जस अन्तर्गत हाल सम्म १७० जनाले सेवा लिएको बताउनुभयो । गाउँपालिका अध्यक्ष उपाध्यायले कृषकहरुका लागि ५०० मेट्रीक टन क्षमताको शीत भन्डार निर्माण कार्य सम्पन्न भएको जानकारी दिनुभयो ।
    गाउँपालिका अन्तर्गत शिपमुलक र रोजगार मुलक तालिम संचालन गरिएको ७० बर्ष माथि उमेर पुगेका ज्येष्ठ नागरिकहरुलाई घरमै पुगि उपचार कार्यको थालनी गरेको गाउँपालिका अध्यक्ष उपाध्यायले जनाउनुभयो ।
    गाउँपालिका भित्रका बेरोजगार नागरिकलाई १०० दिनको रोजगार दिइएको, जसबाट वार्ड नम्बर १ र ४ मा खानेपानीको पाईप बिछ्याउने कार्य र वार्ड नम्बर ३ र ५ मा कृषि सडक निर्माण गरिएको कार्यक्रम अन्तर्गत ७० जनालाई रोजगारी प्रदान गरेको गाउँपालिका अध्यक्ष उपाध्यायले बताउनुभयो ।
    गाउँपालिका भित्रका भौतिक निर्माण कार्य कालोपत्रे सडक ३ किलोमीटर , पि.सि.सि २.५ कि.मि, ग्राभेल ८ कि.मि र कल्भर्ट ५ ओटा निर्माण भै भौतिक प्रगती भएको जानकारी दिनुभयो ।
    पत्रकार भेट्घाट कार्यक्रममा गाउँपालिका उपाध्यक्ष गिता देबी चौधरीले न्यायिक समितिको गतिविधि र प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले ९४ योजना सम्झौता भएकोमा २७ ओटा योजना ठेक्का भएको बताउदै ३४.७९ प्रतिशत रकम खर्च भएको जानकारी दिनुभयो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.