logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    नेपाली हज तीर्थ यात्रीलाई बिदाई गरियो


    २० जेष्ठ २०८० , शनिबार

    नेपाली हज तीर्थ यात्रीलाई बिदाई गरियो

    शहबाज खान
    कृष्णनगर, २० जेठ । साउदी अरेबिया हजका लागि जाने नेपाली हज यात्रीलाई बिदाई गरिएको छ ।
    नेपालका लागि साउदी अरेबियाको महामहिम राजदूत साद बिन नासेर अबु हैमदले नेपाली हज यात्रीलाई बिदाई गरेका हुन् ।

    साउदी अरेबिया जान लागेका नेपाली हज यात्रीहरूको पहिलो समूहलाई हैमदले बिदाई गरेको हुन् । पहिलो समुहमा नेपालका २ सय ६८ जना हज यात्रीलाई शुक्रबार राति विदाई गरिएको हो ।
    राजदूत अबु हैमदले साउदी अरेबियाको सरकारले तीर्थ यात्रीहरूलाई स्वागत गरेका छन् ।

    दुई पवित्र मस्जिदका संरक्षक र युवराज प्रधानमन्त्रीको निर्देशनमा साउदीले हज यात्रीलाई स्वागत गरेको बताए । अल्लाहका पाहुनाहरूको पूर्ण ख्याल राख्ने, शान्ति राख्ने, आध्यात्मिकताको वातावरणमा हजको सुविधा र अनुष्ठानहरू गर्नका लागि उत्कृष्ट सेवाहरू प्रदान गर्न सबै क्षमता र प्रयासहरू प्रयोग हुने जनाइएको छ ।

    यस वर्ष करिब १ हजार २ सय नेपाली हज गर्न साउदी अरेबिया जाने गृह मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.