लुम्बिनीखबर
सिद्धार्थनगर, २० जेठ । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर ६ मा पर्ने पर्सा चोकमा नबिल बैंक लिमिटेडले जेठ १८ गते बिहिवार नयाँ शाखा विस्तार उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ ।

नयाँ शाखा उद्घाटन लुुम्बिनी सांस्कृतिक नगरपालिकाका नवजिवन इंगलिस बोर्डिङ स्कुलका प्रधानाध्यापक श्री जिसे कुमार महाराना र लुुम्बिनी इन्टरनेश्नल रिसर्च इन्स्टीट्युटका रिसर्चर डा. क्रिस्टफ मारिया हायनरिच फ्राइडरिच क्युपर्स र नबिल बैंक लिमिटेड लुुम्बिनीका शाखा प्रबन्धक आदित्य गुरुङ्गले पानस बालेर संयुक्त रुपमा उद्घाटन भएको थियो ।
कार्यक्रममा नबिल बैंकले केन्द्रीय स्तरमा एक विशेष कार्यक्रम गरी डिजिटल उद्घाटन गरेको थियो । स्थापनाको ३८ वर्ष पार गरेको बैंकले एकै साथ देश भरमा ३८ वटा नयाँ शाखा सञ्चालनमा ल्याएको शाखा प्रबन्धक गुरुङ्गले बताउनुभयो ।
‘नबिल बैंक अब तपाईसँग अझै नजिक’ भन्ने नाराका साथ सरल र सबल बैंकिङ सेवा प्रदान गर्न सातै प्रदेशमा एकैसाथ ३८ नयाँ शाखा विस्तार गरिएको बैंक स्रोतले जनाएको छ ।

नबिल बैंकले विस्तार गरेको ३८ नयाँ शाखामध्ये सबै भन्दा धेरै बागमती प्रदेशमा रहेको जनाउनुभयो । बागमती प्रदेशमा १३ वटा, कोशी प्रदेशमा १, मधेश प्रदेशमा ८, गण्डकी प्रदेशमा ३, लुम्बिनी प्रदेशमा १०, कर्णाली प्रदेशमा १ र सुदूरपश्चिम प्रदेशमा २ वटा गरी नेपाल भरी ३८ वटा नयाँ शाखाको एकै चोटी उद्घाटन गरी संचालन गरिएको बैंक स्रोतले जनाएको छ । ३८ नयाँ शाखा सञ्चालनमा आए संगै नबिल बैंकले सेवा सजिलो संग पु¥याउनका लागि नेपाल भरीमा २५५ वटा शाखा कार्यालयहरु रहेको बैंक स्रोतले बताएको छ ।
उद्घाटन कार्यक्रममा शाखा प्रबन्धक गुरुङ्गले भने “सात वटै प्रदेशमा खुलेका शाखाबाट सेवाग्राही तथा ग्राहकहरूले आफूलाई पायक पर्ने शाखा कार्यालयमा सम्पर्क गरी नबिल बैंकको सरल, सवल र सुरक्षित तरिकाले सुविधा लिन आग्रह छ ।”
नबिल बैंकको शाखा र शाखा कार्यालयहरु खोटाङ, पर्सा, रौतहट, बारा, महोतरी, सर्लाही, सप्तरी, ललितपूर, काठमाडौँ, धादिङ, भक्तपुर, वाग्लुङ तनहुँ, कास्की, रुपन्देही, कपिलबस्तु, पश्चिम नवलपरासी, बर्दिया, गुल्मी, बाँके, दाङ, जुम्ला, कैलाली र डडेल्धरा जिल्ला गरी देशका सात वटै प्रदेशमा सेवा प्रदान दिर्दै आइरहेका शाखा प्रबन्धक गुरुङ्गले जनाउनुभयो ।
नबिल बैंक स्थापना भएको विगतको ३८ वर्षदेखि निरन्तर ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको जानकारी दिनुभयो । नबिल बैंकको नयाँ शाखाहरूले ग्राहकहरूलाई पूर्ण रूपमा अत्याधुनिक बैंकिङ सेवाहरू प्रदान गर्ने अपेक्षा राखिएको छ र मुलुककै अग्रणी बैंक मध्येको एक नबिल बैंकले समाज र विभिन्न वर्गका बैंकिङ आवश्यकताहरू पूरा गर्नका निम्ति देशका विभिन्न क्षेत्रहरूमा आफ्नो शाखाहरू निरन्तर विस्तार गरेको बैंक स्रोतले जनाएको छ ।
नबिल बैंक आफ्ना सेवाग्राही तथा ग्राहकहरूलाई पूर्ण वित्तीय सेवा प्रदान गर्न प्रतिबद्ध समेत रहेको जनाएको छ ।