logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    तातो हावा र लु बाट जोगिन सतर्कता अपनाऔँ


    २२ जेष्ठ २०८० , सोमबार

    तातो हावा र लु बाट जोगिन सतर्कता अपनाऔँ

    अन्जना चौहान
    लुम्बिनी, २२ जेठ । देशको तराईका भू–भागमा आगामी केही दिनसम्म तातो हावा तथा ‘लू’ लाग्न सक्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
    महाशाखाका मौसमविद् गोविन्दकुमार झाले अबका तीन दिनसम्म लू चल्ने सम्भावना रहेको बताएका छन् ।
    विगत दुई दिन देखि तराईका अधिकांश भू–भागमा लू चलिरहेको छ । समग्रमा तराईको मध्य क्षेत्र सप्तरीदेखि भैरहवा क्षेत्रमा तापक्रम ४० डिग्री नाघेर तातो हावा तथा लू चलेको छ । नेपालगञ्ज लगायत क्षेत्रमा तापक्रम ४० डिग्रीको हाराहारीमा रहेको छ, त्यस कारणले गर्मी बढेको बताएका छन् ।


    लगातार पाँच दिनसम्म सामान्यभन्दा ४० डिग्रीभन्दा माथि तापक्रम बढेमा लू चलेको मानिन्छ । वर्षा नहुँदा सुक्खापन चलेकाले तापक्रम बढेर लू चलेको मौसमविद् झाको भनाइ छ । साथै पहाडी भू–भागका उपत्यका तथा खोँचमा समेत तापक्रम क्रमिक रूपमा बढ्न सक्ने सम्भावना रहेको छ ।
    महाशाखाका अनुसार विगत केही दिन देखि देशका अधिकांश भू–भागको अधिकतम तथा न्यूनतम तापक्रम वृद्धि भइरहेको छ । काठमाडौं उपत्यका लगायत देशका अन्य उपत्यकामा समेत तापक्रममा क्रमिक वृद्धि भइरहेको र देशको तराई भू–भागमा, मुख्यतयाः मध्य तराई र आसपासमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन भएको छ ।
    तातो हावा तथा लु ले मानिसलाई थकाई लाग्ने, कमजोर हुने, बढी तिर्खा लाग्ने, टाउँको दुख्ने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता हुने गर्दछ ।
    तातो हावा अर्थात लु बाट वाँच्न दिउँसो घर बाट बाहिर ननिस्कने, चिसो पानीले नुहाउने, चिया, काफी, सोडा जस्ता पेय पदार्थ नपिउने, पटक पटक पानी जुस सर्बत फलफूलको रस पिउने, धेरै पसिना आएमा कहिलेकाही जिवनजल पिउने, खेतवारीका काम सकभर विहान र वेलुका गर्ने, बाहिर निस्कनै पर्दा छाता ओढेर निस्कने, महिरा सेवन नगर्ने, चिनीको मात्रा बढी भएके झोल पदार्थ नपिउने ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.