logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    धारिलो हतियार प्रयोग गरि श्रीमान श्रीमतिको हत्या


    २३ जेष्ठ २०८० , मंगलबार

    धारिलो हतियार प्रयोग गरि श्रीमान श्रीमतिको हत्या

    ज्ञानेश्वर सहानी
    नवलपरासी, २३ जेठ । पश्चिम नवलपरासीको प्रतापपुरमा श्रीमान श्रीमतिको धारिलो हतियार प्रयोग गरि हत्या भएको छ ।
    प्रतापपुर गाउँपालिकाको वार्ड न ८ पथलहनी बस्ने ५५ बर्षिय तिलकराम भेडिहार र उनका ५० बर्षिया श्रीमति निर्मला भेडिहारको धारिलो हतियार प्रयोग गरि हत्या भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।
    भेडिहार दम्पतीको सोमबार राति हत्या भएको हो । उनीहरुको टाउकोमा धारिलो हतियार प्रयोग गरी हत्या भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डिएसपी भोजराज पाण्डेयले बताए ।
    उनीहरुको घर गाउँकै बैरिहवामा हो । घरमा छोरीछोरीहरु बस्दै आएका थिए । उनीहरु भने गाईबस्तुको रेखदेख गर्न भन्दै गोठमा सुत्न गएका थिए । सोही गोठमा उनीहरुको हत्या भएको हो । हत्या भएपछि उनीहरुको शव आँगनमा फालिएको थियो । खेतिपाती गर्दै आएका दम्पत्तिको कस्ले हत्या गर्यो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.