ज्ञानेश्वर सहानी
नवलपरासी, २३ जेठ । पश्चिम नवलपरासी जिल्लाको श्री गोरखदल गणको आयोजनामा “अभ्यास मनुसुन –३” संचालन अभिमुखीकरण १३ देखि १९ गते सम्म सञ्चालन गरेको छ।

नवलपरासी जिल्लामा बर्षेनी बाढी,डुवानबाट हुने जनधनको क्षति न्युनिकरण गर्नको लागि भौगोलिक अवस्थाको जानकारी तथा स्थानिय बासिन्दाहरुलाई प्राकृतिक विपदबाट बच्ने उपायबारे अभिमुखिकरण संचालन गर्नको श्री गोरखदल गणले संचालन गरेको छ।
श्री गोरखदल गणबाट सेनानी उदयराज कार्कीको कमाण्डमा ३५ जनाको फौज परिचालन गरिएको प्रमुख सेनानी ज्ञानकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

उक्त कार्यक्रमको क्रममा श्री गोरखदल गणले स्थानिय निकाय, विद्यालय ब्यबस्थापन समिती, विद्यालय प्रशासन, नेपाल प्रहरीसंग समन्वय गरी विद्यार्थीहरु तथा जोखिमयुक्त क्षेत्रका स्थानिय बासिन्दाहरुलाई बाढीर डुवान र आगोलागीबाट बच्ने उपयहरुबारे जनचेतनामुलक कार्यक्रम संचालन गरेको ।

श्री गोरखदल गणले आयोजना गरेको “अभ्यास मनुसुन –३” संचालन पाल्हिनन्दन गाउँपालिकाका हरपुर, महेसपुर, शंकरपुर र सनही लगायतका बाढी र डुवान प्रभावित क्षेत्रमा पट्रोलिङ्ग गरि उक्त ईलाकाको जानकारी हासिल तथा स्थानिय निकायहरुसंग समन्वय गरिएको थियो भने प्रतापपुर गाउँपालिकाका पर्सौली, सुर्यपुरा, सुस्ता गाउँपालिकाका बेलटारी, कुडिया र बर्दघाट नगरपालिकाका पालडाँडामा बाढी, डुवान तथा आगलागी सम्बन्धि प्रशिक्षण संचालन गरिएको थियो ।

पश्चिम नवलपरासीको ५ वटा स्थानीय तहमा बाढी , डुवान तथा आगलानी बाट हुने क्षति न्युनिकरण सम्बन्धि “अभ्यास मनुसुन –३” जनचेतनामूलक कक्षा सन्चालन सुरु भएको छ ।
नेपाली सेनाको श्री गोरखदल गण परासीको आयोजनामा बाढी, डुबानमा परेकाहरुको कसरी तत्कालै उद्दार गरी जनधनको क्षति बाट बचाउने भन्ने बारे पूर्व तयारी कक्षा सन्चालन अभ्यास सुरु गरेका छ ।
घरायसी प्रयोगका सामग्री मार्फत पनि बाढीमा डुब्नबाट कसरी बच्न सकिन्छ भन्ने बारे पनि नेपाली सेनाको अभ्यास टोलीले जानकारी गराएको थियो ।

बाढी र डुबानको जोखिमका हिसाबले ७७ जिल्ला मध्ये १७ औँ स्थानमा रहेको पश्चिम नवलपरासीमा हरेक वर्ष वर्षायाममा ठुलो जनधनको क्षति हुदै आएकाले कक्षा सन्चालन अभ्यास गरिएको प्रमुख सेनानी ज्ञानकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
उक्त कार्यक्रमहरुको विभिन्न स्थानमा गरी करिव ७०० स्थानिय बासिन्दा र विद्यार्थीको उपस्थिती रहेको थियो ।