ज्ञानेश्वर सहानी
नवलपरासी, २३ जेठ । पश्चिम नवलपरासीमा वर्षा नहुदाँ अत्याधिक घाम गर्मी भई पानी सुकेपछि चपाकल सुकन थालेको छ ।वर्षा नभएको धेरै भएर नवलपरासीको विभिन्न गाउँमा चपाकल सुकन थालेको छ ।अहिले खेती गर्ने बेला पनि वर्षा नहुदाँ वोरिङ्गबाट किसानहरुले तरकारी र धानको विउँमा पानी सिचाई गरेका छन वर्षा नहुदाँ दिन प्रतिदिन पानीको सतह घट्दै गएपछि चपाकल सुकन थालेको स्थानियहरुले बताए ।
सिचाई गर्न अत्याधिक प्रयोगमा आउने गण्डक नहरमा पानी नआउँदा बाध्यर भएर डिपवोरीङ प्रयोग गरेका छन वोरिङ्ग प्रयोग गर्दा चपाकलमा आउने पानीको सतह घट्दै गएको स्थानियहरुले भनेका छन । स्थानियले भने समयमा वर्षा नहुदाँ अत्याधिक घाम गर्मी भई धानको विज उम्रनु सुकनबाट बचाउनको लागि प्रत्येक २÷३ दिनमै धानको विज उम्रनु खेतमा पानी हाल्नु पर्ने बाध्यता रहेको कृषिकहरुले बताएका छन ।
अहिले वर्षा हुने समय हो तर वर्षा नहुदाँ अत्याधिक घाम गर्मी बढे संगै पानीको सतह घट्दै गएपछि भोलीको दिनमा पिउने पानी पनि पाईदै जस्तो लागि रहेको जनताहरुलाई चिन्ताको विषय बनेको छ । नवलपरासीको विभिन्न स्थानमा पानीको सतह घट्दै गईरहेको स्थानियहरुले अनुभव गरिरहेको बताएका छन । यस्तै नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वडा नं ३ स्थितका चपाकल र वोरिङ्गमा पानीको सतह घटेर चपाकलहरु समेतमा पानी नआएको स्थानिय मनोहर हरिजनले बताए ।
अत्याधिक गर्मी बढेका कारण नवलपरासीका स्थानिय सरकारले विद्यालयहरुमा पठन पाठन बन्द गरेको छ । शिक्षा समितिको वैठकको निर्णय अनुसार हाल बढिरहेको अत्याधिक गर्मीका कारण पठन पाठन तथा शैक्षिक गतिविधि संचालनमा असहज भएकोले शैक्षिक क्यालेन्डरमा उल्लेख भएको गर्मी विदाबाट कट्टी हुने गरी सम्पुर्ण विद्यालयहरुमा विदा गरिएको स्थानिय सरकारले जनाएको छ ।