एलिना अचार्य
भैरहवा, २३ जेठ । रुपन्देहीको आमसतिया गाउँपालिकामा जुन ५ सोमवार विश्व वातावरण दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयेजना गरी वातावरण दिवस मनाएको छ ।

सन् १९७३ मा विश्वभरी नै वातावरण प्रति राजनीतिक र सामाजिक जागृति ल्याउने उद्देश्यले संयुक्त राष्ट्रको आह्वानमा वातावरण दिवस मनाउन सुरु गरिएको हो । विश्व वातावरण दिनको वातावरणको महत्वलाई आत्मसाथ गर्दै रुपन्देही जिल्लाको ओमसतिया गाउँपालिकामा वृक्ष रोपण कार्याक्रम संचालन गरिएको छ । स्वस्थ र स्वच्छ वातावरणको महत्वलाई मध्यनजर गर्दै रुपन्देहीको ओमसतिया गाउँपालिकाले वृक्ष रोपण गरी सन्देश प्रवाह गरिएको हो ।

सन् १९७२ को ५ जुनदेखि १६ जुनसम्म संयुक्त राष्ट्रको महासभाले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो ।
वातावरणीय संरक्षणको आवश्यकता महसुस गरी ५ जुन १९७३ मा पहिलो पटक विश्व वातावरण दिवस मनाउन सुरु गरिएको हो ।
ओमसतिया गाउँपालिकाका अध्यक्ष मन्जित कुमार यादव (सोनु) ले वातारवरणलाई स्वस्थ्य सफा र हरियाली राख्ने मानव जातीको कर्तव्य भएको बताउँदै आगामी दिनमा वृक्ष रोपणका कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेका थिए ।

ओमसतिया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विपिन क्षेत्रीले विश्व वातवरण दिवसको अवसरमा रोपिएका वृक्षहरुको संरक्षणको दायित्व सबैको भएको बताउँदै, पलिकालाई फुलै फुलको सुन्दर बगैँचाका रुपमा परिणत गर्न पहल गर्ने बताए ।
गाउँपालिकाको प्राङगण भित्र वृक्ष रोपणले वातावरण संरक्षण र सौन्दर्यतामा थप मद्दत पुराउने देखिएको छ । पालिकाका जनप्रतिनिध, कर्मचारीहरुको समन्वयमा वातावरण दिवसको अवसरमा वृक्ष रोपण गरिएको छ । आजका दिनमा रोपिएका बोटविरुवाहरुको संरक्षणको तथा हेरचाहको लागि ध्यान दिन सके पालिकाको सौन्दर्यता बढेर जाने देखिन्छ ।
सन् १९७२ को ५ जुनदेखि १६ जुनसम्म संयुक्त राष्ट्रको महासभाले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो ।
वातावरणीय संरक्षणको आवश्यकता महसुस गरी ५ जुन १९७३ मा पहिलो पटक विश्व वातावरण दिवस मनाउन सुरु गरिएको हो ।