logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    नवलपरासीमा ट्राफिक प्रहरीको असुली धन्दा रोकिएन 


    २५ जेष्ठ २०८० , बिहिबार

    नवलपरासीमा ट्राफिक प्रहरीको असुली धन्दा रोकिएन 

    ज्ञानेश्वर सहानी 

    नवलपरासी, २५  जेठ । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासीका हाकिमले उठ्तीपुठ्ती गर्न मतहतका इकाईहरूलाई निर्देशन दिएको गुनासाहरू बाहिर आएका छन ।

    जिल्ला भित्रका ट्राफिक प्रहरी व्यापारी , ठेकेदार , ओभर लोड गाडी , साधारण बाईक चालक तथा पार्किङ स्थलबाट कमिशन उठाउन थालेको समाचार आएको छ ।

    ट्राफिक प्रहरीले  बर्दघाट, सुनवल, परासी, भुमहि, बेलाटारी, सोमरी र महेशपुर ठाउँ बाट भित्र प्रत्यक्ष रूपमा सवारी साधन चालक र व्यवसायीहरू संग  घुस लिने गरेपनि अहिले व्यापारी, ठेकेदार, ओभर लोड गाडीसँग साप्ताहिक र मासिक घुस रकम उठाउँदै आएको समाचार स्रोतले जानकारी दिएको छ ।

    गाडी चालकहरूले गल्ती गरेर लाइसेन्स वा बिलबुक लिएर चिट काटेर दिँदा होस वा समितिले जरिवाना रकम तिरिदिएर लाइसेन्स वा बिलबुक छिटो निकालिदिए बापत पनि शुल्क असुल्ने गरिएको गुनासो बढेको छ ।

    जिल्लाका ट्राफिक प्रहरी प्रमुख प्रसिद्धिका कँडेलले सुरूमा प्रमुख भएर आउँदा केही कडाइ गरे जस्तो गरेपनि हाल ट्राफिक नियम र अनुशासन पालनामा फितलोपन देखिनुका साथै सवारीसाधन दुर्घटना पनि बढेका छन् ।

    जिल्ला ट्राफिक कार्यालयमा बिगत ३, ४ बर्ष देखि कार्यगत प्र.ह किरण ज्ञवाली ले निमार्ण व्यवसाय, ट्रिपर व्यवसायहरु संग मासिक डेढ लाख देखि २ लाख सम्म उठाउने काम गरेको छन ।

    यसरी ट्राफिक प्रहरी बर्दघाटमा सई प्रमुख हुदाँ ५० हजार दिने गरेको थियो भने जिल्लामा ३ जना सई हुदाँ हुदै असईलाई मासिक ६० हजार जिल्लामा बुझाउने सर्तमा प्रमुख राखिएको छ ।

    यसरी मासिक रूपमा ट्राफिक प्रहरी बर्दघाटले ६० हजार, सुनवलले ४० हजार, परासीले २५ हजार, सोमरी, महेशपुर र बेलाटारीले ५ देखि १० हजार सम्म उठाएर जिल्ला ट्राफिक कार्यालय नवलपरासीमा पठाउने गरेका छन् ।

    भुमहि चोकमा डियुटि गर्ने एक जनाले भारतीय गाडीहरु सग दैनिक २ हजार गरी मासिक ६० हजार सम्म जिल्ला ट्राफिक कार्यालयमा बुझाउने काम गरेका छन ।

    जिल्ला ट्राफिक कार्यालय नवलपरासीको मतहतमा रहेका ट्राफिक प्रहरीको पोस्टले विभिन्न चेकजाँचको बहानामा रकम असुल्ने गरेका छन् ।

    दिनमा हजारौं हजार सवारी साधन ओहोर दोहोर गर्ने उक्त चोकमा सवारी चालकहरुले ट्राफिकको यस्तै नियति व्यहोर्नुपरिरहेको पीडितहरुले बताएका छन् ।

    बुटवल, भैरहवा सडक भएर आउँजाँउ गर्ने सवारी साधनका चालकसँग ट्राफिक व्यवस्थापनमा खटिएका ट्राफिक प्रहरीहरुले अनेकन बहानामा रकम असुल्ने र रकम नदिए दुःख दिने गर्दै आएको उनीहरुले गुनासो गरेका छन् ।

    त्यसै गरि भारतीय नम्बरको गाडीहरूबाट विभिन्न चेकजाँचको बहानामा रकम असुल्ने गरेको विभिन्न संचार माध्यममा समाचार आएको थियो ।

    त्यसैले पनि अहिले मालवाहक ट्रक, ट्यांकर तथा ट्रिपर व्यवसायीहरू ट्राफिकसँग आजित बन्न थालेका छन् । भारतबाट आउने मालवाहक ट्रकहरुमध्ये अधिकांश सवारी साधन ओभर लोड नै आउने गर्छ र ट्राफिकसँग समन्वय गरि एजेंटहरुले मालवाहक सवारीका साहुसँग ठेक्का मिलाई पास गराउँदै आएका छन् ।

    मालवाहक सवारीसाधनको ‘भारवहन नियम सम्बन्धी निर्देशिका २०७४’ मा तोकिएको क्षमताभन्दा बढी भार बोकेको पाइएमा त्यस्ता मालवाहक साधनलाई जरीवाना गरी बढी भएको मालसामान झार्नुपर्ने व्यवस्था छ । सोही कानूनमा टेकेर जाँचमा खटिएका ट्राफिक प्रहरीले ट्रक चालकसँग अनाधिकृत रूपमा रकम असुल्ने गरेका छन् ।

    क्षमताभन्दा बढी भार बोक्ने साधनलाई ट्राफिक प्रहरीले १ हजार ५ सय रुपैयाँ जरीवाना तिराउन सक्छ । जरीवाना गरेर बढी भार मिलान गरेपछि मात्र जान दिनुपर्नेमा अनाधिकृत रकम लिएर छाड्ने गरेको भेटिएको छ । भैरहवा भन्सार कार्यालय र महेशपुर भन्सार कार्यालय बाट सामान लिएर छुटेका बिशेष गरी भारतीय मालवाहक ट्रक तथा लहरीहरुसँग ट्राफिक प्रहरीले सामान र भार हेरेर १ सय देखि १५ सय रुपैयाँ सम्म असुल्ने गरेको भेटिएको छ ।

    त्यसै गरी ट्राफिक प्रहरीसँग समन्वय गरि सवारी छुटाउने दलालहरुले पनि प्रति गाडी १ हजार देखि १५ सय सम्म लिई ट्राफिक र दलालहरुले भागबण्डा मिलाउने गरेको पनि खुलेको छ । दलालहरुबाट समन्वय गरेका गाडीहरुलाई भने ट्राफिक प्रहरीले बिना चेक जाँच काउन्ट गरेर पठाउने गरेको चोकमा बस्ने जो कोहीले पनि देख्न सक्छ । तर, एजेन्ट दलालहरुको चपेटामा नपरेका र आफू खुसी आउने गाडीको चालकहरुलाई भने ट्राफिक प्रहरीले दुःख दिने गरेका एक चालकले नाम उल्लेख नगर्ने सर्तमा बताएका छन् ।

    जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रसिद्धिका कँडेलसंग थप कुरा गर्न खोज्दा पत्रकारलाई ५ लिटरको कुपन दिनको लागि लेखालाई पठाएको थियो तर पत्रकारले हजुरलाई जानकारीको लागि मात्र आएको भने पछि हामीले जानकारी  दिन मिलदैन भनेका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.