logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    काठमाडौँ जिल्लाका दुई नगरपालिकामा बृक्षारोपण कार्यक्रम सम्पन्न


    २६ जेष्ठ २०८० , शुक्रबार

    काठमाडौँ जिल्लाका दुई नगरपालिकामा बृक्षारोपण कार्यक्रम सम्पन्न

    लुम्बिनीखबर
    सिद्धार्थनगर, २६ जेठ । विश्व वातावरण दिवस २०२३ को उपलक्ष्यमा लुम्विनी विश्व शान्ति मंचले गत विश्व वातावरण दिवस जुन ५ तारिख सोमवार काठमाण्डौं जिल्लाको चन्द्रागिरि नगरपालिका र टोखा नगरपालिकामा बृक्षारोपण कार्यक्रम सफलताका साथ सम्पन्न गरेको छ ।


    लुम्विनी विश्व शान्ति मंच तथा चन्द्रागिरि नगरपालिकाको संयुक्त आयोजना, पन्त ग्लोबल कन्सलट्यान्सीको व्यवस्थापन, कृषि विकास बैंक लिमिटेड, दि ब्रिटिस कलेज तथा मुक्तिनाथ कृषि कम्पनी लमिटेडको प्रायोजन, थानकोट जेसिजको सहकार्य र नेपाली सेनाको सहयोगमा “दस लाख बृक्षारोपण तथा संरक्षण ” अभियान चन्द्रागिरि नगरपालिकाको मेयर घनश्याम गिरि को प्रमुख आतिथ्यता तथा लुम्विनी विश्व शान्ति मंचको अध्यक्ष वासु गौतमको सभापतित्वमा २ सय वटा लप्सी हस्तान्तरण गरी करिब ५० वटा बोट रोपेर बृक्षारोपण कार्य सम्पन्न गरियो । बाँकी बृक्ष साता व्यापि कार्यक्रम अन्तर्गत सम्पन्न गरिने कुरा लुम्विनी विश्व शान्ति मंचका महासचिव धिरेन्द्र पन्त ले जानकारी दिनुभयो ।

    यस वर्ष चन्द्रागिरि नगरपालिका र लुम्विनी विश्व शान्ति मंच ले १० हजार लब्सीको वृक्ष रोप्ने सम्झौता रहेको जानकारी गराउदै लप्सी बाट तितौरा, अचार तथा अन्य परिकार बनाई आयातलाई प्रतिस्थापन गरी निर्यात गरिने लक्ष्यका साथ बृक्षारोपण गरिएको लुम्विनी विश्व शान्ति मंचका महिला संयोजक प्रविना रावल पन्तले जानकारी दिनुभयो । प्रविनाले भन्नु हुन्छ बृक्षारोपण पश्चात संरक्षणलाई लुम्विनी विश्व शान्ति मंचले विशेष प्राथमिक्ता दिने गर्दछ र यसको लागि नेपाली सेना, स्थानिय निकाय, वन उपभोक्ता समिति, मन्दिर व्यवस्थापन समिति र स्थानिय टोल समितिहरु संग सहकार्य गरिने जानकारी गराउनुभयो ।


    सोमवार साँझ नै लुम्विनी विश्व शान्ति मंच तथा टोखा नगरपालिकाको संयुक्त आयोजना, पन्त ग्लोबल कन्सलट्यान्सीको व्यवस्थापन, ज्योति विकास बैंक लिमिटेड तथा मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको प्रायोजन र नन्दन हरिहर मन्दिर वन उपभोक्ता समितिको सहयोगमा दोस्रो बृक्षारोपण कार्यक्रम टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीको प्रमुख आतिथ्यता तथा लुम्विनी विश्व शान्ति मंच को अध्यक्ष वासु गौतमको सभापतित्वमा सम्पन्न गरी २ सय ३२ वटा फलफुल (कागति, अम्बा, अमरुद, पोमेलो, आदि) का बिरुवा वन उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको थियो । सो मध्ये हिजो करिब २५ वटा वृक्ष लगाईयो भने बाँकी वृक्ष साता ब्यापि कार्यक्रम अन्तरगत हरिहर मन्दिरमा अवस्थित वन क्षेत्रको झारहरु उखाली सरसफाई गरेर मात्र बृक्षारोपण कार्य गरिने जानकारी लुम्विनी विश्व शान्ति मंचका अध्यक्ष बासु गौतमले जानकारी दिनुभयो । यस वर्ष टोखा नगरपालिका र लुम्विनी विश्व शान्ति मंच ले ५,००० लब्सी, एभोकार्डाे, तथा अन्य फलफुलका बिरुवाहरुको वृक्ष रोप्ने सहमति नजिक पुगेको कुराको जानकारी गराउदै फलफुलले आयातलाई प्रतिस्थापन गरि निर्यात गरिने लक्ष्यका साथ बृक्षारोपण गरिएको लुम्विनी विश्व शान्ति मंचका महासचिव तथा प्रवक्ता धिरेन्द्र पन्तले जानकारी दिनुभयो । पन्त भन्छन बृक्षारोपण पश्चात संरक्षणलाई लुम्विनी विश्व शान्ति मंचले विशेष प्राथमिक्ता दिने गर्दछ ।

    लुम्बिनी विश्व शान्ति मंच, वातावरण संरक्षण र शान्ति निर्माण गर्न प्रतिबद्ध अग्रणी संस्थाले विश्व वातावरण दिवस २०२३ लाई एक उल्लेखनिय वृक्षारोपण कार्यक्रमको साथ मनाएको छ । वन फँडानी विरुद्ध लड्न र हरियाली प्रवद्र्धन गर्ने एकजुट प्रयासमा मंचले वातावरणीय दिगोपन प्रतिको दृढ प्रतिबद्धता देखाउँदै मेयर प्रकाश अधिकारीको दूरदर्शी नेतृत्वमा टोखा नगरपालिकामा वृक्षारोपण अभियान सुरु गरिएको हो ।


    लुम्बिनी विश्व शान्ति मंच ले सन् २०१९ मा सुरु भए देखि नै “दस लाख बृक्षारोपण तथा संरक्षण ” अभियानको अग्रपङ्क्तिमा रहेको छ । संस्थाले हरियाली र दिगो भविष्यका लागि योगदान गर्दै राष्ट्रव्यापी रूपमा रुख रोप्ने र संरक्षण गर्ने आफ्नो अथक प्रयास जारी राखेको छ । यस वर्ष मंच ले देशै भरी ३५ हजार रुख रोप्ने योजना बनाएको छ । यी वृक्षारोपण गतिविधिहरू स्थानीय सरकारहरू र विभिन्न बैंक तथा वित्तिय संस्थाहरु, विमा कम्पनीहरु र कर्पाेरेट संस्थाहरुको संस्थागत सामाजिक उत्तरदायित्व (सि.एस.आर) पहलसँग नजिकको सहकार्यमा सञ्चालन भइरहेका छन् । यस वर्ष मंचको लक्ष्य भनेको महिला सशक्तिकरण अभियान अन्तर्गत आत्मनिर्भर अर्थतन्त्र तर्फ अघि बढेर आयातमुखी फलफुललाई निर्यातमुखी बनाई दिगो अर्थतन्त्र तर्फ लक्षित रहेको मंचका अध्यक्ष बासु गौतमले जानकारी दिनुभयो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.