लुम्बिनीखबर सम्वाददाता
भैरहवा । लुम्बिनीखबर सञ्चार गृह प्रालिद्वारा प्रकाशित लुम्बिनीखबर पत्रिकाका सम्पादक कमल रायमाझीलाई पितृशोक परेको छ ।
सम्पादक रायमाझीका पिता रेवन्त बहादुर रायमाझीको ८२ वर्ष को उमेरमा ओमसतिया गाउपालिका वडा नम्बर ४ बसन्तपुर स्थित रायमाझी निवासमा निधन भएको हो । स्वर्गीय रेवन्त बहादुर रायमाझीको चार छोरा र दुई छोरी रहेका छन् । पञ्चायत कालमा जनप्रतिनिधि भएर पाल्पाको सत्यवती क्षेत्रमा जनमुखी काम गरेका रुद्रबहादुर पछिल्लो समय भैरहवामा बसोबास गर्दै आएका थिए । सम्पादक रायमाझीको पिताको निधनप्रति पत्रकारिता क्षेत्रका संघसंस्थाले गहिरो दुःख व्यक्त गरेका छन् । लुम्बिनी प्रेस क्लब, नेपाल पत्रकार महासंघ, लुम्बिनीखबर सन्चार गृह प्रा.लि, समता टेलिभिजन नेटवर्क प्रा.लि, प्रेस सेन्टर नेपाल लगायत विभिन्न संघसंस्थाले विज्ञप्ति निकालेर मृतकप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारमा समवेदना प्रकट गरेका छन् । स्वर्गीय रेवन्त बहादुर रायमाझीका जेठो छोरा पदम, माहिलो सन्तोष, साहिलो दीपक र कान्छो छोरा कमल रायमाझी हुन् । यसैगरी दुई छोरीहरू खुमकलि पाण्डे , कमला रायमाझी रहेका छन् । स्वर्गीय रायमाझी स्पष्ट वक्ता र खरो स्वभावका थिए । हालको रैनादेवी छहरा गाउँपालिकाको सामाजिक विकासमा पञ्चायत कालमा वडाध्यक्ष, उपप्रधान भएर जनताको सेवामा जीवन सर्मपण गरेका स्वर्गीय रायमाझी बल्ढेङगढी निवासी भएता पनि पछिल्लो समय छोराहरुसँगै भैरहवामा बसोबास गर्दथे ।