लुम्बिनीखबर
भैरहवा, ३० जेठ । नेपाल एयरलाइन्सको एयरबसले पहिलो पटक मलेसियाको क्वालालम्पुरबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि जेठ ३० गते मंगलबारबाट नियमित उडान सुरू गरेको छ ।
लुम्बिनीको प्रवेश द्वारा भैरहवामा आज बाट राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको एयरबसले कोललाम्पुरबाट उडेर भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले जानकारी दिएका छन ।
मन्त्री किरातीले सामाजिक सञ्जाल मार्फत आज आउने जहाजलाई स्वागत गर्न मन्त्री किराती आफैं विमानस्थल पुग्ने पनि जानकारी दिएका छन् ।
हिजो काठमाडौँबाट मलेसियाका लागि उडान भरेको उक्त एयरबस आज बिहान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अवतरण गरेको छ । त्यसपछि उक्त एयरबस काठमाडौँ जानेछ ।
परीक्षण तथा अन्य उडान गरेको भए पनि नेपाल एयरलाइन्सले क्वालालम्पुर देखि भैरहवा नियमित उडान आज मंगलबारबाट हुन लागेको हो ।