ज्ञानेश्वर सहानी
नवलपरासी, ३१ जेठ । पश्चिम नवलपरासीमा नेपाल प्रहरीकै मिलेमतोमा खुलेआम तस्करी मौलाएको छ । नवलपरासीका भुजहवाका इन्चार्ज राजाराम यादव र पाचपेडाका इन्चार्ज अमर बहादुर नेपालीको मिलेमतोमा भारतसँग सीमा जोडिएका नाकाबाट अबैध बालुवा तस्करी ओसारपोसार हुने गरेको छ ।
नवलपरासीको पाचपेडा, भुजहवा बालुवा तस्करी बढ्दै गएको छ । प्रतापपुर गाउँपालिका वडा नम्बर ४ पाचपेडाबाट अबैध रुपमा नेपालबाट भारतमा बालुवा तस्करी हुदँै आएको छ । नवलपरासीको भारत सीमाबाट विभिन्न समान नेपाल प्रहरी कै मिलोमतोमा आउने भने नेपालको विभिन्न समान भारत तर्फ पनि जाने गरेको पाइएको छ ।
बालुवा तस्करीमा त्यहाँका स्थानिय र भारतीय व्यापारीहरु झगडा गरीएको नाम नबताउने शर्तमा एक स्थानियले बताएका छन । हिजो मात्र ३ टिपर बालुवा पाचपेडा गएको एक स्थानियले बताएका छन ।
जिल्लाको सनई, महेशपुर, भुजुवा, पाँचपेडा बसहिया, हरकपुरा दक्षिणी क्षेत्रमा बिगतमा पनि अबैध धन्दा हुने गरेका थिए । अहिले मात्र बालुवा अबैध रुपमा तस्करी हुने गरेको छ ।
यसरी दैनिक रुपमा तस्करी हुँदा पनि प्रशासनहरु किन मौन भएर बस्नुको अर्थ के होला । स्थानीय प्रहरी प्रशासन कै मिलोमातोमा यस्ता कार्य अबैध रुपमा भैइरहेछ ।
तस्करले विशेष गरि रातको समयमा भारतीय तथा मधेसी मुलकका अशिक्षित युवालाई आर्थिक प्रलोभन देखाए भारत भित्राउने गरेको एक युवाले बताए ।
सानो तिनो घरायसी सामान किन्न जाने सर्वसाधारणहरुको २ हजारको सामानलाई रोकेर चेकजाँच गर्ने र करोडौंको तस्करी गर्ने तस्करहरुको सामानलाई हेरे पनि नहेरेको जस्तो गर्ने गरेको पाइन्छ । यसको रहस्य के होला ?
दैनिक रूपमा तस्करी हुनु कारण मासिक कमिसन नै हो । सुत्रको अनुसार भुजहवाका इन्चार्ज राजाराम यादव र पाचपेडाका इन्चार्ज अमर बहादुर नेपाली प्रत्यक तस्करी संग मासिक रुपमा कमिसन लिने गरेका पाईन्छ ।