logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    श्रीमान श्रीमतिको हत्याबारे अनुसन्धानका लागि सिआइबी टोली नवलपरासीमा


    ३१ जेष्ठ २०८० , बुधबार

    श्रीमान श्रीमतिको हत्याबारे अनुसन्धानका लागि सिआइबी टोली नवलपरासीमा

    ज्ञानेश्वर सहानी
    नवलपरासी, ३१ जेठ । एक दम्पती हत्याबारे अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोली पश्चिम नवलपरासी आएको छ ।
    नवलपरासीको प्रतापपुर गाउँपालिका –८ मा गत सोमबार दम्पती हत्या भएको थियो । उक्त वडाको पथलहनी बस्ने ५५ वर्षीय तिलकराम भेडिहार र उनकी श्रीमती ५० वर्षीया निर्मला भेडिहारको वीभत्स हत्या भएको हो । उनीहरूको टाउकोमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
    जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेका अनुसार सिआइबीको र जिल्ला प्रहरी कार्यालयको टोलीले संयुक्तरूपमा उक्त हत्याको अनुसान्धान गरिरहेको बताए ।
    उनको अनुसार अनुसन्धानमा अपराधिको नजिक पुगिसकेको छ । अपराधिले घटना होसियारीपूर्वक घटाएकाले सामान्य प्रमाण समेत छोडेका छैनन् । जिल्ला प्रहरी कार्यालयले उक्त घटनामा अनुसन्धान गर्दा अपराधि नजिक पुग्न नसक्दा तीन दिनदेखि सिआइबीको दुई टोली पनि आएर अनुसन्धानलाई अगाडि बढाएको उपरीक्षक पाण्डेले जानकारी दिए । उनको अनुसार प्रहरी अपराधिको नजिक पुगिसकेको छ ।
    हत्या भएको दम्पतीको सोही वडामा रहेको बैरिहवा भन्ने गाउँमा घर रहेको छ तर उनीहरू सामान्य खेतीपातीसँगै भैँसीपालन गरी पथलहनीमा बस्दै आएका थिए । उनीहरूका सन्तान उक्त गाउँमै बस्दै आए पनि दम्पती भने गाईभैँसीलाई रेखदेख गर्नको लागि पथलहनीमा बस्दै आएका थिए । उनीहरूको हत्यापछि शवलाई आँगनमा फालिएको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.