logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    ६८ जलविद्युत कम्पनी मध्ये २६ कम्पनी घाटामा


    ३१ जेष्ठ २०८० , बुधबार

    ६८ जलविद्युत कम्पनी मध्ये २६ कम्पनी घाटामा

    लुम्बिनीखबर
    भैरहवा, ३१ जेठ । नेपाल स्टक एक्सचेञ्जमा सूचीकृतमध्ये ६८ जलविद्युत कम्पनीले आर्थिक वर्ष २०७९।०८० को वित्तीय विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक वित्तीय विवरण अनुसार ४२ कम्पनी नाफामा र २६ कम्पनी घाटामा देखिएको छ ।
    नाफामा रहेको कम्पनीले ९ महिनाको अवधिमा करिब ११ अर्ब रुपैयाँ आम्दानी गरेका छन । विवरण अनुसार उक्त कम्पनीले जलविद्युत केन्द्रबाट उत्पादन भएको विद्युत बिक्री गरी यो अवधिमा १० अर्ब ७६ करोड ६१ लाख ९८ हजार रुपैयाँ आम्दानी गरेका छन् । यी कम्पनीले यो अवधिमा ३ अर्ब ३२ करोड १५ हजार ७ सय रुपैयाँ खुद नाफा कमाएका छन् ।
    यो अवधिमा सबैभन्दा बढी नाफा कमाउने कम्पनीमा चिलिमे जलविद्युत कम्पनी लिमिटेड रहेको छ । यो कम्पनीले ५२ करोड ८९ लाख ८३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यस्तै, सानिमा माई हाइड्रो पावर लिमिटेडले ३८ करोड ८२ लाख ३० हजार, बुटवल पावर कम्पनीले २६ करोड ८१ लाख ९५ हजार रुपैयाँ खुद नाफा कमाएको विवरणमा उल्लेख छ ।
    यसैगरी, घाटामा रहेका २६ कम्पनीले यो अवधिमा ३ अर्ब ४० करोड ५५ लाख ३८ हजार ६ सय रुपैयाँ नोक्सान वेहोरेका छन् । यी कम्पनीमध्ये २१ कम्पनीका आयोजनाले विद्युत उत्पादन गरिरहेका छन् । बाँकी ५ कम्पनीको आयोजना निर्माणाधीन छन् ।
    यो अवधिमा २१ कम्पनीले विद्युत बिक्री गरी ११ अर्ब ५३ करोड २५ लाख ७५ हजार ८ सय रुपैयाँ आम्दानी गरेका छन् भने यी कम्पनीहरू ३ अर्ब ३३ करोड ५२ लाख ८५ हजार ९ सय ६१ रुपैयाँ घाटा छन ।
    नेप्सेमा सूचिकृतमध्ये ७ कम्पनीले कुनै पनि वित्तीय विवरण सार्वजनिक गरेको भेटिएन । विवरण सार्वजनिक नगरेका कम्पनीहरूमा इष्टन हाइड्रो पावर लिमिटेड, मकर जितुमाया सुरी हाइड्रो पावर लिमिटेड, माई खोला हाइड्रो पावर लिमिटेड, दोल्ती पावर कम्पनी लिमिटेड, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेड र बुद्धभूमी नेपाल हाइड्रो पावर कम्पनी लिमिटेड रहेका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.